नेपालमा डिजिटल शिक्षा अभियान सुरु, शिक्षा मन्त्री

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले डिजिटल शिक्षामा आत्मानिर्भर बनाउने अभियानको सुरु बुधबारबाट गरेका हुन्। कुलटेक्नो ल्याब एण्ड रिसर्च सेन्टरले बुधबारदेखि यो अभियान देशव्यापी रुपमा संचालन गरेको हो। कार्यक्रममा मन्त्री पोखरेलले “सेल्फ डिपेनडेन्ट नेपाल फर टेक्नोलोजी इन एजुकेशन” को राष्ट्रिय सम्मेलन, स्मार्ट स्कुल एप, शैक्षिक समाग्री ट्यावलेटको सुरु गरेका हुन। मन्त्री पोखरेलले शिक्षाको विकास गर्न हालै संशोधन गरिएको शिक्षा ऐनमा समेत डिजिटल शिक्षा सम्वन्धमा धेरै बिषय बस्तु समेटिएको बताए । डिजिटल शिक्षाका लागि देशभरका विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने योजनालाई सरकारले प्रथामिकतामा राखेको उनले समेत बताए।

कुल ल्याबले डिजिटल शिक्षा पुर्ण निशुल्क रहने जनाएको छ। कुलल्याबका अध्यक्ष सुशिलदेव भट्टराईले सार्वजानिक गरिएका एपले बिद्यार्थी, अभिभावक र शिक्षकबीच एक प्रकारको अन्तरक्र्रियात्मक सञ्जाल स्थापित गर्न सहयोग पुग्ने बताए।  शिक्षा सम्बन्धि विज्ञान प्रविधिलाई शिक्षामा प्रयोग गर्न सके अभिभावकदेखि विद्यार्थी र शिक्षकमा शिक्षाको प्रभावकारिता बढ्न सक्ने नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले बताए ।