अब कम्प्युटरबाटै मोबाइल चलाउन मिल्ने

एलजी कम्पनीले ‘एलजी भिपी इनपुट’ नामक नयॉ एप ल्याएको छ ।उक्त एपका मद्दतले स्मार्टफोनलाई कम्प्युटरबाट एक्सेस गर्न सकिन्छ। हाल यो एप एलजी G4, एलजी G5 र एलजी V10 मा मात्र सर्पोट गर्ने कम्पनीले जनाएको छ।

यस्तो फिचर प्रयोग गर्न स्मार्टफोनका साथै कम्प्युटर (विन्डोज वा म्याक) मा भिसी इनपुट पिसी प्रोग्राम डाउनलोड गर्नु पर्ने हुन्छ। यसका लागि ब्लुटुथ कनेक्टिभिटीको जरुरत हुन्छ। । यो फिचर ब्लुटुथ इन्टिग्रटेड कम्प्युटरको लागि बनाइएकाले ब्लुटुथ डोङ्गलको प्रयोगले यो सेवा लिन नसकिने कम्पनीले पुष्टि गरेको छ। ब्लुटुथ नभएका कम्प्युटरमा यो सेवा प्रयोग गर्न सकिने छैन