२०७४ को दशैं शुभकामना कार्यक्रम, “साइवर जनचेतना ” हुने

 भरतराज उप्रेती (Senior ICT Journalist)

बडा दशै २०७४ को अवसर पारेरर साइवर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले इन्फोसेक नेपालद्धारा आइसिटी क्षेत्रका व्यक्तित्वहरु र बिद्यार्थीहरु माझ साइवर दशै शुभकामना कार्यक्रम तय गरेको छ । शुभकामना आदान प्रदान गर्ने फरक शैली अन्तर्गत आइसिटी क्षेत्रका साइवर सेक्युरिटी विज्ञहरुले साइवर जनचेतनाको खोजमुलक र तथ्यपरक जानकारीहरु कार्यक्रमार्फत शेयर गर्नेछन् । कार्यक्रममा साइवर सुरक्षा विज्ञ डाक्टर प्रमोद प्रमोद पराजुली, कुमार पुडासैनी लगायतका व्यक्तिहरुले साइवर चुनौतीको वर्तमान अवस्थाबारे प्रष्ट पार्दै साइवर सुरक्षाका लागि कसरी सचेतता अपनाउनु भन्ने बारेको ज्ञान सबैमा बाँड्नेछन् ।

कार्यक्रम तालिका

मिति  : २०७४ आश्विन ६ गते शुक्रबार

समय : दिनको ३ बजेदेखि ५ बजेसम्म

स्थान  : सफ्टेक फाउण्डेसन, मध्यबानेश्वर काठमाडौं

सम्पर्क  :९८६०६६४३९२ (चिरञ्जीवि अधिकारी, अध्यक्ष)

बिद्यालयस्तरमा जनचेतना कार्यक्रम, आइसिटी स्टेक होल्डर, मिडियाकर्मीका साथै सरोकारवाला निकायका प्रमुखहरुसम्म साइवर सुरक्षाबारेको जानकारीमुलक कार्यक्रम इन्फोसेक नेपालले गर्दै आएको बताउँदै आगामी दिनकै साइवर जनचेतना अभियानकै रुपमा अगाडी बढ्नछौं,इन्फोसेकका अध्यक्ष चिरञ्जिवी अधिकारी भने ।

इन्टरनेटसँगै नयाँ प्रविधिको प्रयोग, सामाजिक सञ्जालको प्रयोगले साइवर अपराधका घटनाहरु बढिरहेको र स्मार्ट प्रविधिलाई स्मार्ट ह्यकारहरुकै निशानाले प्रविधियुक्त प्रणालीहरु जोखिममा पर्दै आएका छन् । विश्व नै साइवर हमलाको निशानामा रहेको बेला नेपाल जस्तो विकासोन्मुख देशमा प्रयोगमा आएको स्मार्ट प्रविधि र इन्टरनेटको पहुँचले साइवर सुरक्षामा खतराहरु बढेर गएका छन् । यस्तो अवस्थामा इन्फोसेक नेपालले साइवर जनचेतनाका लागि गर्दा आएका कार्यक्रमहरु विशेष महत्व राख्ने खालका छन् । यी कार्यक्रमहरुलाई आम जनस्तरसम्म पुर्याउन साइवर अभियानकै रुपमा अगाडी बढाउनुपर्ने खाँचो देखिएको छ । यसका लागि सरोकारवाला निकाय र सबै आइसिटी स्टेकहोल्डरहरु एकजुट भएर अगाडी बढ्नुको अर्को विकल्प छैन । बेलैमा सचेत रहौं । साइवर अपराधमुक्त समाज र देशको निर्माणमा हातेमालो गरौं।

For more Information: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here