Home समाचार स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना

स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना

बार्सिलोना/ स्विट्जरल्याण्डमा एक बहुआयामी विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना हुँदै छ। स्विट्जरल्याण्ड जस्तै भौगोलिक स्वरूप रहेको नेपालमा बिज्ञान,प्रविधि तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल गर्नको लागि गोष्ठीको आयोजना गरिएको हो।

नेपाल साईनटिफिक एसोसिएशन स्विट्जरल्याण्डले अप्रिल ८ तारिख जुरिचमा गोष्ठीको आयोजना गरेको हो। कार्यक्रम सम्पन्न गर्नको लागि स्विट्जरल्याण्ड स्थित नेपाली दूताबासले पनि सहकार्य गरेको छ। विज्ञान र प्रविधिको क्षेत्रमा स्विट्जरल्याण्डबाट नेपालमा पुर्याउन सकिने सहयोगको बिषयमा बृहत छलफल हुँदैछ। यस्तै गोष्ठीमा बिभिन्न समस्याहरु तथा चुनौतीको पहिचान गर्दै अनुभव साझेदारीको माध्यमबाट समाधानको प्रयास बारेमा पनि गोष्ठी केन्द्रित रहने अपेक्षा गरिएको छ। यस्तै हालै काठमाडौंमा सम्पन्न गरेको तीन दिने कार्यशाला गोष्ठीको रिपोर्ट समेत एसोसिएशनले उक्त अबसरमा प्रस्तुत गर्ने भएको छ।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालको बिशेष उपस्थितिमा तीन फरक-फरक सत्रमा हुने गोष्ठीको अध्यक्षता क्रमश: रञ्जन मिश्र,राकेश चन्द्र प्रजापति र सौरभ सुबेदीले गर्ने छन्।नेपालमा बिभिन्न परियोजना संचालन गरिरहेका साझेदारी सँस्था,स्विस विश्वविद्यालयका प्राध्यापक ,वैज्ञानिक,विश्वविद्यालयका विद्यार्थीहरु,गैर सरकारी सँस्थाका प्रतिनिधिहरु,स्विस स्थित बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरु लगायतले गोष्ठीमा सहभागी जनाउँदै छन्।

स्विट्जरल्याण्ड स्थित बिभिन्न संघ संस्था तथा ईच्छुक नेपाली समुदायलाई सहभागी बनी कार्यक्रम सफल पार्न आयोजकले अनुरोध गरेको छ।

नेपाल स्वीस डटकमको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here