सूचना विभागको प्रेस पासकै आधारमा निर्वाचनको समाचार संकलन गर्न पाइने

काठमाडौँ, निर्वाचन आयोगले आमसञ्चार माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ।

स्थानीय तहको निर्वाचनका लागिआयोगले बेग्लैखालको विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।

सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार सङ्कलन गर्न सकिने आयोगले व्यवस्था गरेको हो।

स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *