सि टि सि मलमा “सिटीसी चाडपर्व मेला २०७४” आयोजना

काठमाण्डौको सुन्धारा स्थित सिटीसी मलमा यही आउदो दशैँ, तिहार, नेपाल सम्बत् तथा छठको अवसर पारेर यही मिति २०७४ साल भाद्र २३ गते शुक्रबार देखि  “सिटीसी चाडपर्व मेला २०७४” आयोजना गर्न लागिएको छ । सिटीसी मल सबैभन्दा धेरै मोवाईल सर्भिस सेन्टरहरु रहेको मोवाईल हवको रुपमा परिचित छ भने, यहाँ बच्चाको लागि खेलौना देखि लिएर विभिन्न स्वदेशी तथा विदेशी ब्राडका कम्पनीहरु रहेका छन् । मेलाको अवसरमा मलमा अवस्थित सबै व्यापारीहरुले भारी छुटमा अत्यावस्यक सामान तथा सेवाहरुमा छुट दिने र हात खाली नजाने विभिन्न उपहार योजनाहरु रहेको बताईएको छ ।

मेलाको अवरमा इजी केयर सर्भिसले मेला अवधिभर सित्तैमा मोवाईल सर्भिसिङ गरिदिने, प्रत्येक मोवाईलको खरिदमा सिमकार्ड वा रिचार्जकार्ड वा मोवाइल डाटा सित्तैमा उपलब्ध गराईने, पुरानो मोवाईलको सही मुल्याङकन गरी नयाँ मोवाईल उपलब्ध गराईने, शुन्य प्रतिशत किस्ताबन्दीमा कुनैपनि मोवाईल उपलब्ध गराईने, एक घन्टामा जस्तोसुकै मोवाईल मर्मत गरिदिने जस्ता बिभिन्न बम्पर अफरहरु सिटीसी मलमा रहेका छन् |

सिटीसी मलमा पर्याप्त पार्किङ, सुविधियुक्त रेष्टरुम, पर्याप्त लिफ्टको व्यवस्था, चाईनिज रेष्टुरेन्ट, सिनेमा हल, स्पा, फिटनेस पार्क, व्युटी पार्लर, फेसियल हाउस आदी रहेका छन् । मेला आयोजना सिटीसी मल ब्यापार संघले आयोजना गरेको छ भने सहयोगीको रुपमा प्रविधि उपभोक्ता संरक्षण मञ्च, अनलाईन एक्स्पो विजट्रे डट कम र व्यवस्थापन फोविकोन इभेन्ट म्यानेजमेन्ट प्रा. लि. ले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here