साईबर अपराधबाट बच्न बिधार्थीहरुलाई कसरि सचेत बनाउने ?

हाल बेल्जिय्म निबासी कृष्ण रेग्मी (Krishna Prasad) को प्रयास र प्रायोजकमा चितवनको शशिनगर माबिमा साईबर अपराधबाट बच्न बिधार्थीहरुलाई कसरि सचेत बनाउने भन्ने बिषयमा प्रयोगात्मक तालिम सम्पन्न ।

साईबर हेडलाईन सम्बाददाता, फ्रेब्रुअरी ०८, २०१७, चितवन – साईबर सेक्युरिटी ईन्टरन्यासल अमेरिकाद्वारा फेसबुक, ईन्टरनेट, कम्युटर, फोनलाई कसरि सुरक्षितसंग प्रयोग गर्ने र साईबर अपराधबाट कसरि बच्ने भन्ने बिषयमा संञ्चालन गरिको जनचेतनामुलक कार्यक्रम हाल बेल्जियममा बसोबास गर्दै आउनु भएका यस कार्यक्रमका प्रायोजक कृष्ण रेग्मीको प्रयासमा पश्चिम चितवनको शशिनगर माबिमा अध्ययनरत बिधार्थीहरु बिच ६ घण्टे लामो प्रायोगात्मक तालिम सम्पन्न भयो ।

उक्त स्कुलमै बाल्यकाल बिताउनु भएका प्रायोजक कृष्ण रेग्मी बिगत १५ बर्ष देखि बेल्जियममा बस्दै आउनु भएको छ। बिदेशमा बसेर देशको चिन्ता गर्ने नै हो भने बिकास जति सक्दो आँफुले नै आफ्नो गाउँ, समाजबाटै सुरु गर्नु पर्छ भन्ने वाहाँको मान्यता रहंदै आएको छ, बिकासका कार्यहरुमा वाहाँले संधै सहयोग र साथ दिंदै आउनु भएको छ। रेग्मी ले बिगतमा पनि यस शशिनगर स्कुलको सहयोगार्थ ४ वटा कम्प्युटर प्रदान गर्नु भएको थियो, बिगत केहि बर्ष देखि आफ्नो संस्था छोरी परियोजना मार्फत चितवनको दुर्गम गाउँमा स्कुलको पनि निर्माण गर्नु भएको छ।

दिनभर चलेको उक्त तालिम कक्षा ८ देखि १० सम्मका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक पुजा गुरुङ, निर्मा जम्मरकट्टेल र पारस पौडेलद्वारा उक्त प्रयोगात्मक तालिम सहभागि बिधर्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि बिधार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र बिधार्थीहरु प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक कृष्ण रेग्मीले बेल्जियमबाट बिधर्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here