साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

अमेरिकाको भर्जिनियाका चिकित्सक डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा शान्ती बिद्या गृहमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

बिष्णु प्रिया रिजाल (DCnepal.com) काठमाण्डौं, जुन ३०, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम शान्ती बिद्या गृहका बिधार्थीहरुलाई पनि प्रदान गरियो । अमेरिकाको भर्जिनियाको अस्पतालमा आफ्नो चिकित्सक पेसामा रहनु भएका डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । डा. दाहालले नेपालमा रहंदा शान्ती बिद्या गृहमै आफ्नो स्कुलको अध्ययन पुरा गर्नु भएको थियो ।

अध्ययनको सिलशिलामा अमेरिकामा आएर मेडिकल सम्बन्धी डाक्टरको अध्ययन पुरा गरि हाल भर्जिनियाको एक अस्पतालमा कार्यरत हुनुहुन्छ।
छात्र र छात्रा गरि करिब २०० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा. दाहालले अमेरिकाबाट भिडियो मार्फत आफ्नो सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । डा. दाहालको सन्देश पछि स्कुलकी प्रमुखले “फलेको बृक्षको हाँगो नझुकेको काहाँ छ र” भन्दै डा. दाहालको स्कुलको अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मानिशा रानाभाटले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका सदस्य साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर कुमार पुडासैनीले २ चरण गरि करिब १० घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिनुका साथै यति अत्याबस्यक कार्यक्रमा स्कुलसम्म लैजान प्रयास र प्रायोजक गर्नु हुने डा सिलकुमार दाहाल प्रति आभार र धन्यवाद प्रकट गरेका थिए ।

आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने डा सिल कुमार दाहाललाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 1 703-298-6151 मा संर्पक गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *