साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम बिर्तामोडमा हुदै

बिर्तामोड । कम्प्युटर एसोसिएसन नेपाल , झापा शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजनामा माघ ६ गते शनिवार एक दिने साइवर सुरक्षा सम्बन्धि अन्र्तक्रियात्मक सचेतना कार्यक्रम हुने भएको छ ।

प्रविधि प्रयोगकताहरुमा सचेतना वृद्धि गर्ने , स्थानिय तहमा साइवर सुरक्षाबारे नीति निर्माण गर्न सहजीकरण गर्ने , प्रविधि आविश्कार कर्ता र प्रयोग कर्ताबीच पुल वा सेतुको काम गर्न सहयोग पुर्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको एसोसिएसनका अध्यक्ष लक्ष्मिकान्त खनालले जानकारी दिनुभएको छ । आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले आगामी शनिबार प्राय प्रतिनिधि र उच्चवर्गलाई सचेतना कार्यक्रम प्रदान गरिने र त्यसपछि झापाका ५० बढि स्कुलमा यस्ता कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा विभन्न बिद्यालयका विद्यार्थी लगायत अन्य गरि ४ सय जनालाई सहभागि गराउने उदेश्यका साथ सेन्टरप्वाइट पाटी प्यालेसमा बिर्तामोडमा गर्ने जनाईएको छ । कार्यक्रममा साइवर बिशेषज्ञ डा .अभिजित गुप्ता र इलाका प्रहरी कार्यालय बिर्तामोडका डि. एस .पि कृष्ण प्रसाद कोइरालाले गर्ने जनाइएको छ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here