राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) भनेको के हो ?

आधुनिक विश्वको सबै भन्दा विकसित भएको क्षेत्र भनेको आईटी हो । यसलाई सहि सदुपयोग गर्नु हामी सबैको कर्तव्य हो । नेपालमा पछिल्लो समयमा बढ्दै गएको अनलाईन पत्रकारीता र यसबाट भएका दुरुपयोगहरुलाई न्यूनिकरण गर्न र अनलाईन पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायीक वनाउन यो संस्थाको स्थाापना भएको हो ।

नेपाल सरकारले अनलाईन पत्रकारितालाईपनि कानूनको दायरामा ल्याउन पहल गरिराखेको परिपक्षमा हामीले पनि संगठित रुपमा यस संस्था मार्फत अनलाईन पत्रकारीतालाई सामूहिक रुपमा आफ्नो हक, अधिकारको लागी सांगठनिक पहल गर्दै छौं ।

यो कस्तो प्रकारको संस्था हो ?
यो सम्पूर्ण अनलाईन पत्रकारहरुको साझा, मुनाफा रहित, जन हितकारी समाजिक संस्था हो ।

यो संस्थामा क–कस्ले सदस्याता लिन पाउँदछ ?
यो संस्थामा अनलाईन पत्रकारिता गरिरहेका सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका पत्रकारहरुले सदस्यता लिन पाउँदछ ।
यसको लागि तपाईले हाम्रो वेव www.nojanepal.com.np बाट अनलाईन फर्म वा प्रिन्ट फर्म भर्न सक्नुहुनेछ । साथमा तपाईले नागरिकताको प्रतिलिपि, प्रेस पास वा जागिर खांदाको नियुक्ति पत्र पेश गर्नु पर्नेछ ।

प्रबेश शुल्क कति छ ?
प्रबेश शुल्क एक पटकको लागि मात्र रु ५००, सदस्यता शुल्क वार्षिक रु ५०० र प्रमाण पत्र तथा सदस्यता कार्डको लागि थप रु १०० गरि पहिलो पटक रु ११०० बुझाउनु पर्नेछ ।
रकम कहाँ बुझाउँने ?

रकम तपाईले हाम्रो संस्थाको खातामा डिपोजीट गर्न सक्नु हुनेछ । अथवा संस्थाको अफिसमा आएर नगद जम्मा पनि गर्न सक्नुहुनेछ ।
के हो कल्याणकारी कोष ? र यस कोषमा सहभागि हुन के गर्नु पर्छ ?
यस संस्थामा आवद्ध भएका सदस्यहरुको लागि मात्र स्थापना भएको नोजा कल्याण्कारी पत्रकार कोष हो । यस कोषको सुविधा लिनको लागि न्यूनतम १००० बचत गर्नु पर्नेछ ।

यो संस्थाको सदस्यता लिनाले के–के फाईदा हुन्छ ?
१. संस्थाको विधानको धारा ४ को उपधारा क देखी ठ सम्मको उदेश्यहरु प्राप्त गर्न सकिने छ ।
२. कोहि पनि सदस्यहरुलाई आई परेको समस्याहरुमा संस्थागत सहयोग गरिने छ ।
३. कल्याणकारी कोष मार्फत कोही पनि सदस्यको ठूलो रोग लागेमा, पत्रकारिताको क्रममा दुर्घटना भएमा, अकालमा तथा कालगतिले मृत्यु भएमा तत्काल सहयोग स्वरुप रु १०,००० सहयोग गरिने छ ।
४. अन्य ठूलो रोग लागेमा वा दुर्घटना भई अंग भंग भएमा अन्य सहयोग जुटाउनको लागी संस्थागत पहल गरिने छ ।
५. अनलाईन पत्रकारहरुको हक, हित, अधिकार र सुविधाको लागि आवश्यक कार्य गर्ने गराउने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here