माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ

हामी बजारको माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ

आइटी, अहिलेका विद्यार्थीको रोजाइमा परेको विषय हो । आइटी पहिलो पटक नेपालमा भित्रदाँ यसलाई लन्च गर्ने दुईचारवटा कलेजहरू मात्र थिए । ती मध्ये एक हो काठमाडौं, पुतलीसडकस्थित रहेको कान्तिपुर सिटी कलेज (केसिसी) । सन् २००० बाट आइटी शिक्षाको पढाई सुरु गरेको कान्तिपुर सिटी कलेजमा अहिले इन्जिनियरिङ, आम संचार र पत्रकारिताको स्नातकोत्तर, बिबिए समेतको पढाई हुने गरेको छ ।  आइटी पढ्न चाहने विद्यार्थीको लागि पहिलो रोजाइमा पर्ने गर्छ । त्यसो त यस कलेजले उत्पादन गरेको विद्यार्थीहरू ठूल्ठूला स्वदेशी तथा विदेशी कम्पनीहरूमा समेत कार्यरत छन् । यस कलेजमा अध्ययन गरेका कतियपले उद्यशील बनि रोजगार  समेत प्रदान गरेका छन् । वास्तवमा आइटी के हो ? यसको सम्भवना नेपालमा कस्तो छ ? र आइटी विकासको लागि कान्तिपुर सिटी कलेजले कस्तो भूमिका खेल्दैछ ? यहीँ विषयमा केन्द्रित रहेर कान्तिपुर सिटी कलेजका प्रिन्सिपल रबी श्रेष्ठसँग हाम्रा कुरा डटकमका सहकर्मी विवेक खिम्दुङ्गले गरेको कुराकानी ।
 एउटा सामान्य विद्यार्थीले आइटीभनेको के हो भनेर बुझ्न चाहेमा उसले सरल तरिकामा कसरी बुझ्ने ?
आइटी कार्यक्रमलाई बुझ्नुपूर्व एउटा सामान्य मान्छेले भोलि गएर इन्फर्मेसन टेक्नोलोजीमा के काम गर्ने त्यो बुझ्नुपर्छ । भोलि गएर इन्फर्मेसन टेक्नोलोजीमा उसले केही योगदान त गर्नुपर्यो । हो, त्यसमा योगदान पुर्याउन वा त्यहाँसम्म पुग्नलाई केही कुरा त पढ्नुपर्यो आइटी सम्बन्धि । र त्यसलाई जोड्ने एउटा बीचको पोइन्ट भनेको सफ्टवेयर र हार्डवेयर केन्द्रित कोर्सहरू हो । जस्तै बिसिए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन), बिआइटी (ब्याचलर अफ इनफर्मेसन टेक्नोलोजी) र कम्प्युटर इन्जिनियरिङ, इलोस्ट्रोनिक्स् इन्जिनियरिङ कोर्सहरू।
 क्षेत्रको हिसाबले, आइटीका विद्यार्थीले पछि गएर आफुलाई के कस्ता क्षेत्रहरूमा आबद्द गराउन सक्छन ?
पहिलो कुरा, कामको हिसाबले आइटीको कुनै बाउन्ड्री (सिमा) हुँदैन भन्ने कुरामा हामी प्रष्ट हुनुपर्छ । त्यो भनेको के हो भने हामी नेपालमै बसेर पनि अमेरिकाको प्रोजेक्ट गर्न सक्छौ । यसको लागि कुनै निश्चित ठाउँ हुनुपर्छ भन्ने हुँदैन । नेपालजस्तो विकाशील मुलुकमा झन आइटीको प्रचुर सम्भावना छ । हामी इगभर्नेन्सको कुरा गर्छौ ।
हामी त्यो पुस्ता हो जुन पुस्ताले घरमा बसेर टेलिफोनको बिल लगायत हरेक चीज कम्प्युटरमा बसेर गर्न चाहान्छौं । (इसर्भिसबाट) र त्यो गर्नलाई दक्ष जनशक्ति चाहिन्छ । त्यसैले, यसको विकासको निमित्त चाहिने जनशक्ति भनेको आइटी जनशक्ति हो । यसो भएमा बिसिए, बिआटी र कम्प्युटर इलोक्ट्रोनिक्स सबै यहीँ खपत हुन्छ ।
पहिलेजस्तो अहिले काम गर्नलाई अफिस जानैपर्छ भन्ने हुन्न । घरमै बसेर पनि हामी राम्रो आइटी प्रोगामिङहरू गर्नसक्छौं । नेपालमा पनि राम्रा आइटी कम्पनीहरू छन् जसले राम्रो पारिश्रमिक दिन्छ । नेपालको आइटी कम्पनीहरूले विशेष गरि अन्तराष्ट्रिय प्रोजेक्टहरू हेर्ने गर्दछ। यसले गर्दा उनीहरूले राम्रो आम्दानी पनि गर्दछ। अन्तराष्ट्रिय प्रोजेक्टले हामीलाई अन्तराष्ट्रिय तहमा आइटीको अभ्यास कसरी गरिन्छ भन्ने कुरा थाहाँ दिन्छ । यद्दपी हामीभित्र पनि प्रचुर अवसरहरू छन् तर त्यसका लागि लगानी हुनुपर्छ ।
 पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बद्धन लिएका कलेजहरूमा, विशेष गरि आइटी र इन्जिनियरिङ विधाका लागि कान्तिपुर सिटी कलेजको छुट्टै नाम चर्चामा छ ? के कुरा छ कान्तिपुर सिटी कलेजसँग अन्य कलेजको भन्दा फरक ? 
सबैभन्दा पहिलो कुरा सन् २००० बाट सुरू गर्दा आइटी सञ्चालन गर्ने अरू कलेजहरू थिएन । पूर्वाञ्चालमा यो कार्यक्रम सुरू हुँदा अरू एकदुईवटा कलेजहरूले पनि सुरू गरेका थिए । त्यसैले सुरूमा आइटी सञ्चालन गर्नेमध्ये कान्तिपुर सिटी कलेज एक हो । हामी पुरानो संस्था हौं । अर्को भनेको हामीले आफुलाई अपग्रेड पनि गरिरहेका छौं । जस्तै हामीले युनिभर्सिटीको पाठ्यक्रमलाई समेत बेलाबेलामा आवश्यकता अनुसार अपडेट गराउँदै आएका छौं ।
हामीले यहाँ जो पढ्न आउनुहुन्छ उहाँहरूलाई हामी बजारको माग हेरेर करियर केन्द्रित शैक्षिक र व्यवाहारिक ज्ञान प्रदान गर्छौ जसले गर्दा उहाँहरूले बजारमा गएर काम गर्न सक्नुहुन्छ । हामी इन्टर्नसिपको पनि सुविधा प्रदान गर्छौ । योचाहिँ हामीले विद्यार्थीले कामको व्यवाहारिक पक्ष ग्रहण गरोस् भन्ने हेतुले स्वदेशी आइटी कम्पनीहरूमा विद्यार्थीलाई इन्टर्नसिपमा पठाउँछौं । हाम्रो अधिकांश अध्यापन प्रोजेक्ट केन्द्रित हुन्छ । अर्को भनेको हामी सम्बन्धीत क्षेत्रमा गहिरो ज्ञान र अनुभव बटुलेका विज्ञहरूलाई ल्याई कक्षा लिइरहेका छौ जसले गर्दा धेरै बिद्यार्थीको रोजाइमा केसिसी पर्दै आएको छ । हाम्रो कलेजबाट पढेका अधिकाशं बिद्यार्थी आज नेपाल भित्र तथा बाहिर आकर्षक ठाँउमा जव गरिरहेका छन् । यहा पढेका बिद्यार्थीहरु बिगत हेर्दा जव नपाएर बस्नु परेको छैन् । यही कारणले समेत बिद्यार्थीको रोजाईमा हाम्रो कलेज पर्दै आएको छ ।
 नेपालमा चाहिँ आइटीको वर्तमान अवस्था र सम्भावना कस्तो छ ?
आइटीको कुरा गर्दा यो कलेज सन् २००० बाट स्थापना भएको कलेज हो । सुरूवातीदेखि नै हामी अप एण्ड डाउन सबै हेर्दै आइरहेका छौं । सुरूवाति देखि नै यसको माग बढ्दै आज यो अवस्थासम्म आइपुगेको छ । मैले अगाडि पनि भनिहाँले, आइटीको कुनै “वर्क बाउन्ड्री” छैन, त्यसैले नेपालमा पनि आइटीको प्रचुर सम्भावना छ । नेपालमा मात्र होइन,सबै ठाउँमा यसको माग छ। अमेरिका, जापान, लगायत बिश्वभरीको काम एउटा कोठामा बसेर गर्न सकिन्छ र अहिले पनि यसरी काम गरेर डलर भित्राउन सकिन्छ ।
अबको १०- १५ वर्षपछि यसको माग अझै धेरै बढ्दै जान्छ। जस्तै कोरियामा हेरौं भने, लगभग ८० प्रतिशतमा सरकारको कामकाज आइटीमा निर्भर भएर दिन्छ । हामीले पनि भोलि पुग्ने त त्यहीँ ठाउँमा हो । र त्यहाँ पुग्नलाई पूर्वाधारले पनि हामीले धेरै काम गर्नुपर्ने हुन्छ र प्रोजेक्ट सफ्टवेयरमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले यसको माग नाप्न मिल्ने स्थितिमा छैन ।
 तर अवसरसँगै आइटी विकासका चुनौतिहरू पनि छन् । एउटा भनेको पूर्वाधार हो । अर्को भनेको सरकारको नीति हो । सरकाले पूर्वाधारमा लगानी गर्नुपर्यो । विदेशमा जस्तै नेपालमा पनि इन्टर्नेटलाई एउटा आवश्यकताको रूपमा बुझ्नुपर्यो । हामीले समयमा नै जनशक्ति विकास गर्न सकेनौं भने त्यहाँ एउटा खाडल बन्छ र हामी जुन लक्ष्य तिर लम्किरहेका छौं, त्यहाँ पुग्न सक्दैनौं । त्यसका लागि पूर्वाधार र जनशक्ति दुवैको विकास हुनुपर्छ । साथै सरकारको नीति पनि  जरूरी छ ।
बिद्यार्थीको करियरलाई लिएर चाहिँ यो कलेजले विद्यार्थीसँग कसरी समन्वय गर्छ ?
करियरको लागि चाँही के छ भने हामी कहाँ “केसीसी प्लेसमेन्ट सेल” भन्ने छ । केसीसी प्लेसमेन्ट सेलले शैक्षिक र व्यवहारिक – यी दुईबीच पुलको काम गर्छ । यो सेलले जागिर चाहिएको विद्यार्थी र जागिर प्रदान गर्ने संस्थाबीच पुलको काम गर्दछ । यसरी बजारमा हामी विद्यार्थीलाई जाँगिरको लागि पठाउँछौं । हामी विद्यार्थीलाई इन्टर्नसिपको पनि सुविधा प्रदान गर्छौ । योचाहिँ हामीले विद्यार्थीले कामको व्यवाहारिक पक्ष ग्रहण गरोस् भन्ने हेतुले स्वदेशी आइटी कम्पनीहरूमा विद्यार्थीलाई इन्टर्नसिपमा पठाउँछौं ।
भनेपछि आइटी पढ्न चाँहने विद्यार्थीहरूलाई तपाईको सुझाव के छ? 
पहिलो कुरा, म यो कलेज पढ भनेर कहिले पनि भन्दिन । कोही पढ्न चाहनु हुन्छ भने पहिले तपाई कुन कोर्स पढने त्यसको बारेमा बुझ्नुहोस् । बिसिए पढ्ने, बिआइटी पढ्ने यसको फरक पनि छुटाउनु सक्नुपर्छ। त्यसपछि भोलि गएर के गर्ने, त्यसमा स्पष्ट हुनुपर्छ। त्यसपछि सबै कलेजमा बुझ्नुहोस् । र आफुलाई अनुकुल पर्ने जस्तै, भोलि तपाईको भविष्य कसले दिनसक्छ, तपाईले धान्न सक्ने र तपाईले पढको कुरा खेर नजाने कलेजमा म पढ्न सुझाव दिन्छु।
 शुल्कको हिसाबले चाहीँ यो कलेज अन्य कलेजहरूको तुलनामा कस्तो छ ?
शुल्कको हिसाबले कुरा गर्दा हामी प्रतिस्पर्धी शुल्कमा चल्छौं । त्यस्तो थोरै पनि होइन र चर्को पनि होइन । शुल्क लिएपछि त्यो शुल्कले कलेज पनि चल्नुपर्छ र गुणस्तर शिक्षा पनि प्रदान गर्नुपर्छ । हामी गुणस्तर शिक्षाको लागि शुल्कमा कुनै सम्झौता गर्देनौं । पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू छन् भने त्यस्ता विद्यार्थीको लागि हामीसँग विभिन्न छात्रावृति योजनाहरू छन् । प्लस टु मा ७५ प्रतिशतभन्दा माथि अंक ल्याउनेलाई कोटा छुट्याएर हामी ट्युसन फिमा पुर्ण छुट गर्छौ ।
Source:Click Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *