फेसबुकले कर्मचारीको लागि घर बनाइदिने अफर

समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर निर्माण गरिदिने योजना लागू गर्ने भएको हो। १५ सय संख्यामा निर्माण हुने घरहरु फेसबुक हेडक्वाटर नजिकै हुने फेसबुकले जनाएको छ।
अमेरिकाको सान फ्र्यान्सिस्कोमा फेसबुक, अल्फाबेट इंक, गुगल र अन्य टेक्नोलोजी कम्पनीहरुका कारण आवासको कमी भएको बताइएको छ। जसका कारण फेसबुकका कर्मचारीहरुलाई कस्ट व्यवहोर्नुपरेको र त्यहाँबाट अन्यत्र जान समय पनि धेरै लाग्ने भएकाले हेडक्वाटर नजिकै घर बनाइदिने फेसबुकले जनाएको छ।
कम्पनीले सिलिकन भ्यालीबाट अन्यत्र बस्ने कर्मचारीलाई अतिरिक्त सुविधान प्रदान गर्दै आएको छ। जसले फेसबुकलाई आर्थिक भार पनि खेप्नुपरेको छ।उक्त अवस्थामा कम्पनीहरुले इन्टरनेट जडित बस सेवा उपलब्ध गराएपनि त्यो पर्याप्त नहुने फेसबुकको भनाई छ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here