फेसबुकको Find Wifi फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध

फेसबुकले आफ्नो फाइन्ड वाइफाइ फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ । विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि फाइन्ड वाइफाइ फिचर उपलब्ध गराउने भएको हो ।

फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले आफ्नो ब्लग पोष्टमा लेखेका छन्ः हामी आफ्नो फिचर फाइन्ड वाइफाइलाई विश्वभर आइओएस तथा एन्ड्रोइड प्रयोगकर्तासम्म विस्तार गर्नका लागि तयार छौँ । हामीले गतवर्ष केही देशमा यो फिचर सुरु गरेका थियौँ ।उनका अनुसार यो फिचर यात्राका क्रममा मात्र नभई मोबाइल नेटवर्क खासै गुणस्तरीय नभएका ठाउँहरुमा पनि निकै उपयोगी हुने उनको भनाई छ ।

फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर उपयोग गर्न पाइरहेका थिए ।

यो फिचरले प्रयोगकर्ताहरुलाई आफु आसपासको वाइफाइ हटस्पट पहिचान गर्नमा सहयोग गर्दछ । जसलाई विभिन्न कम्पनीहरुले आफ्नो फेसबुकको माध्यमबाट शेयर गरेका हुन्छन् ।

जसको  लागि फेसबुक प्रयोगकर्ताले फेसबुक एपको More नामक ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यहाँ  फाइन्ड वाइफाइ नामक ट्याब देखिनेछ । उक्त ट्याब अन गरेसँगै प्रयोगकर्ताले नजिकैको डाटा नेटवर्क पत्ता लगाउन सक्नुका साथै मोबाइलमा इन्टरनेट कनेक्ट गर्न  पनि सक्नेछन् । एजेन्सी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here