कति भयानक हो अहिलेको साइबर आक्रमण ?

विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई ह्याकरहरुले चोरी गरेर भयानक साइबर हमला गरेका हुन् । अहिले विश्वका ९९ देशका हजारौँ स्थानका कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् ।

उक्त घटनापछि माइक्रोसफ्टले गत मार्चमा सफ्टवेयरमा अपडेट सार्वजनिक गरेको थियो तर विश्वका अधिकांस प्रयोगकर्ताले आफ्नो सिस्टम अपडेट गरिसकेका थिएनन् ।स्मरण रहोस् गत महिनामात्रै द स्याडो ब्रोकर नामक ह्याकर समूहले अमेरिकी सुरक्षा एजेन्सीको साइबर अट्याक टूल चोरी गरेको दाबी गर्दै त्यसलाई अनलाइन मार्फत सार्वजनिक गरेको थियो ।

कति भयानक हो अहिलेको आक्रमण ?

अहिलेको फिरौति माग्ने साइबर आक्रमणबाट विश्वका ९९ वटा देश प्रभावित भएको समाचार आएको छ । जसमा अमेरिका, चीन, बेलायत, रुस, स्पेन तथा इटाली लगायतका देश रहेका छन् ।

साइबर सेक्योरिटी र्फम एभास्टले वान्नाक्राइ तथा यस्तै नामका अन्य विभिन्न फिरौति भाइरसका ७५ हजार मामिला विश्वभरमा फेला पारेको जनाएको छ । एभास्टका प्रतिनिधि ज्याकुब क्रोस्टेकले यो निकै भयानक रहेको बताएका छन् ।

ह्याकरहरुले डिजिटल क्रिप्टोकरेन्सी बिटकोइन मार्फत फिरौति मागिरहेका छन् । साइबर आक्रमणका पीडितहरुले फिरौति रकम हमलाकारीहरुलाई बुझाइरहेको पाइएको छ किनकी बिटकोइनमा रकम जम्मा हुन थालिसकेको छ ।

समाचार अनुसार साइबर आक्रमणको सबैभन्दा ठूलो प्रभाव रुसमा परेको छ । रुसका गृहमन्त्रीले विन्डोज अपरेटिंग सिस्टमयुक्त कम्प्युटरमा आक्रमण भएसँगै विज्ञहरुले भाइरस पत्ता लगाइसकेको जनाएका छन् ।

आक्रमणबाट बेलायतको सरकारी नेसनल हेल्थ सर्भिस देखि लिएर जर्मनीको स्थानीय रेलवे टिकट मेसिन तथा इटालीको विश्वविद्यालय कम्प्युटर ल्याब सम्म प्रभावित भएका छन् ।

स्पेनको टेलिकम कम्पनी टेलेफोनिका, पोर्चुगलको पोर्चुगल टेलिकम, डेलिभरी कम्पनी फेडेक्स, तथा रुसको दोश्रो ठूलो मोबाइल फोन नेटवर्क मेगाफोनमा पनि साइबर हमला भएको छ ।

हमलामा कसको हात ?

विज्ञहरुका अनुसार अमेरिकाको सुरक्षा एजेन्सीले माइक्रोसफ्ट सिस्टमको कमजोरीलाई दुरुपयोग गर्नका लागि इटर्नल ब्लु नामक साइबर अट्याक टूल तयार पारेको थियो ।

त्यसलाई पछि द स्याडो ब्रोकर नामक साइबर हमला गर्ने समूहले चोरी गरेर त्यसलाई अनलाइनमा बिक्रिका लागि राखेको थियो । पछि अपि्रल ८ मा त्यसको पासवर्ड सार्वज्निक गरी अनलाइनमा निशुल्क उपलब्ध गराएको थियो । बीबीसी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here