प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७ शुभारम्भ

can infotech 2017

प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७ शुभारम्भ, पहिलो दिन ३४ हजार एक सय ५४ जना अवलोकनकर्ता

सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेक २०१७ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । स्रचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका विभिन्न नयाँ प्रविधि र सेवाको प्रदर्शनी गर्ने उद्धेश्यले क्यान महासंघले गर्ने इन्फोटेकको २३औं संस्करण माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले समुद्घाटन गर्नुभयो ।

can infotech 2017
can infotech 2017

समुद्घाटन कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुदै उपप्रम तथा अर्थमन्त्री महराले राष्ट्रको संवृद्घिमा सूचाना तथा संचार प्रविधिलाई थप प्रयोगमा ल्याउन नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्नुहुदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिनु भयो । क्यान इन्फोटेक मेलाले २३ वर्षदेखि निरन्तर सुचना प्रविधिको विस्तार, प्रवद्र्धन र सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको भनाई उहाँले राख्नुभयो । ‘राज्यका संयन्त्र इ–गभर्नेन्स र डिजिटलमा जान अनिवार्य भइसकेको छ,” उहाँले भन्नुभयो, ‘यसका लागि राज्य क्यान महासंघसहित निजी क्षेत्रसँग सहकार्य गर्न सदैव तयार छ ।’ क्यान महासंघले अघि सारेको ई–नेपालको अवधारणालाई साकार पार्न सहयोग प्रतिबद्ध रहेको धारणासमेत सो अवसरमा उहाँले राख्नुभयो र्। आगामी १० वर्षसम्म हामी पुर्ण रुपमा ई–नेपाल कार्यान्वयन गर्ने गरी योजना ल्याउने तयारीमा छौं,’ उहाँले भन्नुभयो । महराले आफूले रोल्पा जिल्लामा एक करोड रुपिायँको लगानीमा यु–लर्निङ प्रोजेक्ट सञ्चालनमा ल्याउने तयारी गर्न लागेको जानकारी दिदै अब सुचना तथा सञ्चार प्रविधिको विस्तार ग्रामीणतहसम्म हुनुपर्नेमा जोड दिनुभयो । अब नेपाललाई सुचनाप्रविधिको युगमा लानुपर्छ त्यसका लागि सरकारले के गर्नुपर्छ सुझाव पनि दिनुपर्ने उहाँले बताउनुभयो । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउनु हुदै उपप्रधानमन्त्री महराले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुँदै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले क्यानले स्थापनाकालदेखि नै सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनको कार्य गरिरहेको बताउँदै आफुहरु ई–नेपालको परिकल्पना लिएर हिँडेको बताउनुभयो । प्रविधिको प्रयोगविना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उहाँले राज्यको ध्यानकर्षणसमेत गराउनुभयो । “सूचना तथा संचार प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न जरुरी छ । त्यसका लागि क्यान महासंघ जुनसुकै परिस्थितिमा पनि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ, ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मुख्य सचिव डा. सोमलाल सुवेदी, सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मीश्र, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठ, शिर्ष प्रायोजक सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली, क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार श्रेष्ठसहित पुर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
क्यान ईन्फोटेकको यस २३औं संस्करणको शीर्ष प्रायोजन सुबिसु केबलनेटले गरेको छ भने एशोसिएट स्पोन्सर सामसुङ प्रायोजन गरेको छ । “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” को प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– खल्ती रहेको छ । अफिसियलहरुमा बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स, वेव न्युज– हाम्राकुरा डटकम, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., होटल– होटल मस्र्याङ्दी र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

“सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” को यस २३औं संस्करणको लागि सूचना तथा सञ्चार मन्त्रालय, प्रमाणिकरण नियन्त्रकको कार्यलय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता राष्ट्रिय तथा ASOCIO र  WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग पुर्याएका छन् ।१ सय ५८ कम्पनीका २ सय २२ स्टल “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा कुल १५८ कम्पनीका २२२ स्टल रहेका छन् । मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् भने सबै स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here