पोर्न स्टार मिया खलिफाको थाहा पाउनुहोस् १० रोचक तथ्य

पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा, थाहा पाउनुहोस् १० रोचक तथ्य

 आफ्ना प्रशंसकको अनुहारमा मुक्का हानेपछि पूर्व पोर्न स्टार मिया खलिफा एकपटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा एक युवकले मियाको अनुमती नलिई उनलाई क्यामराको फ्रेममा पारेर सेल्फी खिचेपछि उनी आक्रोशित हुँदै मुक्का हानेकी हुन् । ती युवकले यसबारे सोसल मिडियामा पोष्ट गरेपछि उनी एकाएक चर्चामा छाएकी हुन् । तर मिया चर्चामा आएको यो पहिलो घटना भने होइन, समय समयमा विवादमा घेरिने उनी कहिले हिजाब लगाएका कारण चर्चामा छाउँछिन् भने कहिले ट्याटुका कारण । आज हामी तपाईंलाई मिया खलिफासँग जोडिएका यस्तै १० रोचक तथ्यबारे जानकारी दिँदैछौं ।

यसरी राखिन् पोर्न उद्योगमा कदमः

मिया खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासागै अमेरिका सिफ्ट भइन् । मियाले ग्रेजुएशनसम्मको पढाई गरेकी छिन् र पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्न अफर दिएका हुन् ।

दुई महिनामा बनिन् ‘नम्बर वन’

एडल्ट स्टार मियाले सन् २०१४ अक्टोबरमा पोर्न उद्योगमा कदम राखिन् र डिसेम्बरमा नै उनी नम्बर वन पोर्न नायिका बन्न सफल भइन् ।

मुश्लिम परिवारमा जन्मः

मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर उनी भने क्रिष्चियन धर्म मान्छिन् । मियालाई जनावर निकै मनपर्छ । उनले आफ्नो घरमा थुप्रै घर पालुवा जनावर पालेकी छिन् ।

हिजाबको विषयमा विवादः

पोर्न भिडियोमा हिजाब लगाएका कारण उनी पटक पटक विवादको शिकार भएकी छिन् । इस्लाम धर्मगुरुका अनुसार हिजाब पवित्र हुन्छ र यसलाई पोर्न भिडियोमा लगाउनु धर्मको अपमान हो । यसै कारण उनको निकै आलोचना हुने गर्दछ ।

सानै उमेरमा गरिन् विवाहः

मियाले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् । उनले सन् २०११ फेब्रुअरीमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् ।

परिवारबाट टाढाः

पोर्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन् । उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन् ।

ट्याटुमा विवादः

मियाले हातमा एउटा ट्याटु बनाएकी छिन् जसका कारण उनी विवादमा घेरिइन् । उनले लेबननको राष्ट्रिय गीतको सुरुवात लाइनको ट्याटु बनाएकी छिन् र अर्को हातमा लेबनिज फोर्स क्रस बनाएकी छिन् जसबारे निकै विवाद भयो ।

हत्या गरिदिने धम्कीः

पोर्न उद्योगमा काम गरेका कारण उनलाई थुप्रै पटक हत्या गरिदिने धम्की आइसकेको छ । उनीमाथि इस्लामलाई अपमान गरेको आरोप लागिसकेको छ ।

फुटबलरको फ्रेन्ड रिक्वेस्टलाई गरिदिइन् भाइरलः

पोर्न स्टार मिया खलिफालाई एक स्टार फुटबलरले फ्रेन्ड रिक्वेस्ट पठाए तर मियाले त्यसलाई सोसल मिडियामा सेयर गरिदिइन् । त्यसपछि फुटबल प्रशंसकले यी फुटबलरको निकै आलोचना गरेका थिए ।

एचआइभी पोजिटिभको खबरः

उनलाई एचआइभी पोजिटिभ भएको खबरले निकै चर्चा पाएको थियो । यद्यपी, मियाले ट्वीट गरेर यो कुराको खण्डन गरेकी थिइन् ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here