नेपालमै पहिलोपटक अन्तरिक्ष केन्द्र सगँ संवाद

अन्तरिक्षमा कोही विरामी पर्दैनन्.  काठमाडौं ।सामान्य तर अन्तरिक्ष विज्ञानसँग सरोकार राख्ने यी गहन प्रश्न बुधबार राजधानीस्थित वृहस्तपति विद्या सदनका विद्यार्थीले अन्तरिक्षयात्रीलाई सोध्दै थिए । अन्तरिक्षबाट देखिने सबैभन्दा सुन्दर दृष्य के हो रु गुरुवात्वाकर्षण शून्य भएको स्थान अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ ? अन्तरिक्षयात्री विरामी पर्छन कि पर्दैनन् ? नागरिक दैनिकमा खबर छ– उनीहरुका विज्ञानसुलभ जिज्ञासा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस०मा रहेका बेलायती अन्तरिक्षयात्री टिमोथी पिकले मेट्दै थिए । उत्तरी र दक्षिणी ध्रुवतिर सूयको किरण पर्दाको पृथ्वीको दृष्य अति सुन्दर देखिन्छ, टिमोथीे जवाफ दिए, ‘पृथ्वीबाट विरामी भएर गएर मात्र, नत्र अन्तरिक्षयात्रामा कोही विरामी पर्दैनन् ।

पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्ष केन्द्रबाट टिमोथीको जवाफ तुरुन्त विद्यार्थीका कानमा परिहाल्थे । टिमोथीले पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नहुने भए पनि सुक्ष्म गुरुत्वाकर्षय हुने बताए ।सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्किएर बन्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलिन्छ भन्दै टिमोथीले बताइरहँदा विद्यार्थी निकै उत्साहित भइ प्रश्न सोधिरहेका थिए ।  नेपालमै पहिलोपटक अन्तरिक्ष केन्द्र–विद्यार्थी सिधा संवाद गरिएको हो । नेपालबाट अष्टे«ेलियामा टेलिफोन र त्याहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग नासाले सम्पर्कको चाँजोपाँजो मिलाएको थियो ।