धवलागिरि अञ्चलबाट बाँड्न थालियो ‘स्मार्ट लाइसेन्स’

विद्युतीय प्रणालीको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) धवलागिरि अञ्चलबाट बाँड्न थालिएको छ। सुरक्षित, टिकाउ र विश्वसनीय मानिने ‘स्मार्ट लाइसेन्स’ सुरुमा २० जनाले पाएका छन्।

धवलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङले ‘लाइसेन्स’ वितरणमा एक रुपता ल्याउन नयाँ प्रविधि अपनाइएको जनाएको छ। ‘स्मार्ट लाइसेन्स’ विदेशमा समेत सहज रुपमा प्रयोग गर्न सकिने कार्यालय प्रमुख राजेन्द्रप्रसाद घिमिरेले बताए।

‘स्मार्ट लाइसेन्स’ बागमती अञ्चलपछि धवलागिरि र गण्डकी अञ्चलमा वितरण सुरु गरेको उनको भनाइ छ । सवारी चालकको सम्पूर्ण विवरण कम्प्युटरमार्फत भरेपछि विभागबाटै ‘स्मार्ट लाइसेन्स’ छापिएर आउने गरेको छ।

‘स्मार्ट लाईसेन्स’को अवधि १० वर्षको हुने र बनाउँदा ५०० राजस्व तिर्नुपर्ने व्यवस्था छ। पहिलो पटकको वितरण प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्था विभागबाट प्राविधिक टोली यहाँ खटिएका थिए ।

नयाँ लिने र नवीकरण गर्नेले समेत अब विद्युतीय प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र प्राप्त गर्नेछन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here