“थ्रीजी स्मार्टफोन ल्याउनुहोस, फोरजी स्मार्टफोन लानुहोस्” अफर

ललितपुर । ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ अवधिभर ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरिएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनहरुको बारेमा जानकारी दिन आयोजित यस एक्स्पोमा ग्राहकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । अफर अन्तर्गत ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी फोनको साटो फोरजी फोन दिने अफर ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकहरुले आफूसँग भएको कुनैपनि थ्रीजी स्मार्टफोन फोरजी स्मार्टफोनसँग साट्ने अफर ल्याएको हो । यस अफरमा ग्राहकहरुले आफूले चाहेको फोरजी प्रविधिसहितको स्मार्टफोनहरुसँग पुरानो स्मार्टफोन साट्न सकिनेछ । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि ल्याएको अफरअन्तर्गत ग्राहकहरुले पुरानो थ्रीजी फोनको भ्यालूएसन गराएर नयाँ फोरजी फोन किन्न सक्नेछन् ।
मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले फोरजी स्मार्टफोन प्रति ग्राहकहरुको अधिक रुचीलाई ध्यानमा राखेर नयाँ अफर ल्याएको बताउनुभयो । ‘कुनैपनि ब्राण्डका थ्रीजी स्मार्टफोनको साटो हामी एक्सचेन्ज गरेर ब्राण्डेड फोरजी स्मार्टफोन दिनेछौं,’ उहाँले भन्नुभयो, ‘यसको लागि हामीले दक्ष र अनुभवी भ्यालुएटर राखेका छौं जसले थ्रीजी फोन साटेर फोरजी फोन ग्राहकलाई दिनेछ ।’
आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म छुटाउनै नहुने मोबाइल एक्स्पो आयोजना गरिरहेको छ । जसमा ग्राहकहरु उत्साहप्रदरुपमा सहभागी भईरहेका छन भने विभिन्न ब्राण्डका स्मार्टफोनहरु खरिद गरिरहेका छन् ।
मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले फोरजी प्रबिधिलाई बढावा दिँदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री भईरहेको छ । गत महिनादेखि नेपालमा फोरजी प्रविधि भित्रिएको हुँदा फोरजी प्रविधिका विभिन्न फोनहरु एक्स्पोमा राखिएको छ ।
कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल महोत्सवमा ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले बुधबारदेखि थप छुटमा फोनहरु बिक्री गरिरहेको छ । कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पोले ग्राहकहरुलाई नियमितरुपमा मोबाइल खरिदका लागि आउने वातावरण तयार पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here