क्यान महासंघ दाङको अध्यक्षमा पुनः भीमसेन गिरी

कम्प्युटर एशोसियन नेपाल महासंघ दाङ शाखा अध्यक्षमा पुनः भीमसेन गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्यान महासंघ दाङको पाँचौ बार्षिक साधारणसभा तथा सतथा चौथो जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर ओली, उपाध्यक्ष कर्णबहादुर पुन, सचिव दिनेश गौतम, सहसचिव सिर्जनकुमार रेग्मी, कोषाध्यक्ष हेमन्त धिताल, सदस्यहरु मोलाल भण्डारी, शिशिर पौडेल, शिवराज कालाथोकी, अमर अधिकारी, रोशन राना, शालिक खनाल र अनिता सेन रहनुभएको छ । १५ सदस्यीय कार्य समितिमा एक जना अध्यक्षले नियुक्त गर्ने र एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था छ ।

शाखा अध्यक्ष गिरीको अध्यक्षता एवं प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहको प्रमुख र क्यान महासंघका पूर्व उपाध्यक्ष नवराज कुँवरको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, घरेलु महासंघका अध्यक्ष तुलसी राना, उपासंघका उपाध्यक्ष टंकसिंह बुढाथोकी, क्यान महासंघका केन्द्रीय सदस्य रेशम गिरीलगायतले बोल्नुभएको थियो । मोलाल भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कृष्णबहादुर ओलीले गर्नुभएको थियो ।

By www.sisneonline.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here