आउँदो हप्ता एप्पलले ल्याउँदैछ यी प्रोडक्ट्स

 एप्पलको सबैभन्दा ठूलो समारोहमध्येको एक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, सोमबारदेखि सुरु हुँदैछ ।

जुन ५ देखि ९ सम्म चल्ने यो वर्षको सम्मेलनमा एप्पलले आइप्याड प्रो, म्याकबुक तथा सिरी स्मार्ट स्पिकर जस्ता नयाँ प्रडक्टहरु लञ्च गर्ने अनुमान गरिएको छ ।विगतका यस्ता सम्मेलनमा एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यो वर्ष चाहीँ एप्पलले सफ्टवेयर मात्र नभै हार्डवेयरको मामिलामा पनि ठूलो घोषणा गर्नसक्ने बताइएको छ ।

वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०१७ मा एप्पलले सार्वजनिक गर्नसक्ने प्रडक्ट यी हुन्ः

१. आइओएस ११ः यो पटक एप्पलले मोबाइल अपरेटिङ सिस्टम आइओएसको नयाँ भर्सन आइओएस ११ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यसमा इन्टरफेस नयाँ हुनसक्नेछ भने ग्रुप फेसटाइम फङ्क्सनालिटी पनि थप हुनेछ । साथै यो सँगै ३२ बिट एप्सको पनि अन्त्य हुने बताइएको छ । एप्पलले आइओएस ११ सँगै tvOS11, watchOS 11 tyf macOS11 पनि लञ्च गर्नेछ ।

२. आइप्याड प्रोः एप्पलले सोमबार १०.५ इन्चको आइप्याड प्रो सार्वजनिक गर्ने बताइएको छ । प्न्क्ष् क्भअगचष्तष्भक का विश्लेषक मिंग ची कुओका अनुसार यस इभेन्टमा आइप्याड प्रो लञ्च हुने सम्भावना ७० प्रतिशत रहेको छ ।

३. New McBook Pros:  एप्पल छिटै नै इन्टेलको 7th Generation, Kaby Lake प्रोसेसरवाला नयाँ मोडलको म्याकबुक सार्वजनिक गर्न सक्नेछ । अघिल्लो वर्ष लञ्च भएको ल्यापटपमा 6h generation इन्टेल प्रोसेसर थियो । यद्यपि कम्पनीले नयाँ मोडल लञ्च गर्नेछ वा अक्टोबर २०१६ मा लञ्च गरेको म्याकबुक प्रो मोडलमा टचबार आइडी वा टचआइडीको फिचर मात्र थप गरेर ल्याउनेछ भन्ने चाहीँ प्रष्ट भएको छैन ।

४. सिरी स्मार्ट स्पिकरः अमेजनको एको तथा गुगलको होमलाई टक्कर दिँदै एप्पलले पनि सिरीयुक्त स्पिकर ल्याउनेछ । यसमा अनुहार पहिचान गर्नसक्ने फिचर हुनेछ । यो आइओएसमा चल्ने बताइएको छ ।

५. Magic keyboard: एप्पलले यो पटक म्याजिक किबोर्ड लञ्च गर्नसक्ने दाबी कतिपयले गरेका छन् । यस किबोर्डमा टच आइडी तथा टचबार हुनसक्नेछ ।

एजेन्सी

२०७४ जेठ २१ गते 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here