आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव अन्तरक्रिया हुने

आइसिटी पत्रकार विकास मञ्चको सातौ वार्षिकोत्सव समारोह हुने भएको  छ ।  सातौ वार्षिकोत्सव अवसरमा पर्यटन प्रवद्र्धनका लागि सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया र छलफलका साथै आइसिटी सम्मान २०७४ कार्यक्रम समेत  हुने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्च २०६७ मा स्थापना भएको गैरमुनाफमुलक सामाजिक संस्था हो ।

कार्यक्रम तालिका

प्रमुख अतिथि  : मा. श्री भीमसेनदास प्रधान (रक्षामन्त्री) २०७४ माघ २७ गते शनिबार स्थान : नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डप काठमाडौं समय :  दिउँसो १.३० बजे

सातौ वार्षिकोत्सव समारोहमा पर्यटन क्षेत्रको विकास बिस्तार र प्रबद्र्धनमा सूचना सञ्चार प्रविधिको भूमिका विषयक अन्तरक्रियाका साथै आइसिटी सम्मान कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि संस्थाले आइसिटी सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई हार्दिक अपिल गरेको छ  । उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल सरकारको सूचना सञ्चार मन्त्री, पर्यटन मन्त्री विज्ञान तथा प्रविधि मन्त्रालयका सचीव, पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रका संघ संस्थाको प्रमुख एवं पर्यटन व्यवसायीहरु र आइटी संघ संस्थाका प्रमुखहरुको विशेष सहभागीता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *