२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा

२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा

एजेन्सी

जेठ २६ – एप्पलको आइफोन, म्याकबुक, आइप्याड र आइम्याकजस्ता उत्पादनबारे त तपाईं जानकार नै हुनुहुन्छ तर के तपाईंले कहिले एप्पलको जूत्ताबारे सुन्नुभएको छ ? सायद छैन होला । सुन्नुभएको छैन भने एप्पलको जुत्ताको मूल्य कम्पनीको कुनै पनि उत्पादनभन्दा सबैभन्दा महँगो छ । आइफोन र आइप्याड छोड्नुहोस्, यसको मूल्य कम्पनीको सबैभन्दा महँगो कम्प्युटरभन्दा पनि धेरै छ ।

कम्पनीले सन् १९९० मा पहिलो रंगिन कम्प्युटर सार्वजनिक गरेको थियो । त्यति नै बेला एप्पले एक स्निकरको प्रोटोटाइप पनि बनाएका थिए । यो जुत्तामा एप्पलको पुरानो इन्द्रेणी भएको लोगो राखिएको छ । यसलाई एप्पले आफ्ना कर्मचारीका लागि बनाएका थिए ।

रिपोर्टका अनुसार एप्पलको स्निकर्स सन् १९९० को बिचतिर कम्पनीका कर्मचारीलाई बेचियो । त्यसपछि सन् २००७ मा यसलाई इबेमार्फत ७९ डलरमा बेचिएको थियो ।

अब अहिले अमेरिकाको चर्चित अक्शन हाउस हेरिटेज अक्सन्सले यी स्निकरलाई १५ हजार डलरको सुरुवाती मूल्यसँगै लिलामीको लागि राखेको छ । यसका लागि जून ११ तारिखदेखि बोली लगाउन सुरु गरिनेछ । विज्ञका अनुसार यो ३० हजार डलर (३० लाख रुपैयाँ) सम्म बोली लगाइनेछ ।

हेरिटेज अक्सन्सका अनुसार यो जुत्ता एडिडास कम्पनीले बनाएको हो । उक्त स्निकर ९.५ साइजमा उपलब्ध हुनेछ जसलाई सेतो छालाबाट बनाइएको छ । यसमा एप्पलको इन्द्रेणी लोगो राखिएको छ । यसको सोल रबरले बनेको छ जसमा कुनै दाग लाग्दैन ।

हेरिटेज अक्सनका मोर्डन तथा कन्टेम्पररी आर्ट निर्देशक लियोन बर्निमानले भने, ‘यो स्निकर निकै अचम्मको छ र निकै बिरलै मात्र देखिएको छ । अहिले एप्पल आफ्नो कर्मचारीलाई एप्पलको लोगो भएको कपडा दिन्छ जसलाई उनीहरुले खरिद गर्न सक्छन् । लिलामीका लागि दुई जोडी जुत्ता राखिएको बताइएको छ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here