हरेक महिना १ जीबी एनसेलको डेटा १० महिनासम्म निःशुल्क

हुवावे  टेक्नोलोजीले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ ‘पि टेन प्लस’ स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ।

क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको ‘पि टेन प्लस’ एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो। नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज राखिएको छ। जसले ‘पि टेन प्लस’लाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको कम्पनीको दावी छ।

५.५० इन्चको टर्च स्क्रिन डिस्प्लेसहित एन्ड्रोइड नगेट भर्सनमा फोन उपलब्ध छ। त्यस्तै ६४ जीबीको इन्टरनल मेमोरी, ४ जीबी र्‍यामका साथै ३७५० एमएएचको ब्याट्री रहेको छ।

२० मेगापिक्सेलको मानोक्रोम तथा १२ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यस फोनको बजार मूल्य ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जीबी डेटा १० महिनासम्म निःशुल्क पाउनेछन्। यो सहकार्यले ग्राहकलाई विशेष लाभ सुनिश्चित गर्दै उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने एनसेल र हुवावेले विश्वास लिएका छन्।

हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विशेष सुविधाहरु प्रदान गरेको छ।

बण्डलिङ्ग अन्तर्गतको डेटाको सेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उक्त मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ।

यी फोन सुनौलो, कालो र चाँदी रङ्गमा उपलब्ध छन्। फोन किन्दा एनसेलको १० जीबी डेटा, विशेष डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर(घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधा उपलब्ध हुने जनाइएको छ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here