स्मार्ट युवाका लागि सामसुङ,नोकिया र एलजीका नयाँ स्मार्टफोन

काठमाडौं । 

टेक्नोलोजीको विकास र विस्तारभएसँगै युरोप–अमेरिकाको उत्कृष्ट सफ्टवेयर अनि चीनको सस्तो हार्डवेयरको मिलनले गर्दा स्मार्टफोनको विश्व बजारमा आएको लहर भन्दापनि विकासशील राष्ट्रहरुमा यो मिलनले ल्याएको टेक्नोलोजीको क्रान्ति एकदम सराहनिय छ।

सायदै कोही त्यस्तो व्यक्ती होला नेपालका विकासशील सहरहरुमा,जसलाई स्मार्टफोनको बारेमा थाहा छैन। विगतका केही वर्षहरुमा फोनबाट ईन्टरनेट प्रयोग गर्नेको संख्या सयौंको प्रतिशतले चुलिदै गएको छ,जसमा २८५ ले स्मार्टफोनबाट इन्टर्नेट चलाउने अनुमान २०१३ मा नै गरिएको थियो। यसैले देखाउँछ की नेपालमा स्मार्टफोनको बजार कतिको बढ्दो छ।

यही बढ्दो स्मार्टफोन बजारलाई फस्ट्याउनका पछाडी केही यस्ता स्मार्टफोनको हात छ जुन उत्कृष्ट प्रविधि र गुणस्तरिय हार्डवेयर समाहित गरि बनाईएका हुन्छन्। आज हामी त्यस्तै नै केही स्मार्टफोनहरुको चर्चा गर्नेछौ“ जुन हालसालै नेपाली बजारमा आए, र धेरैको मन जित्ने क्रममा रहेका छन।

यी हुन LG G pro Lite,Samsung Galaxy Grand II, र  ‘Nokia lumia 1320। यी स्मार्टफोनहरु विश्व–विख्यात कम्पनीहरुका धेरै रुचाईएका फोनहरु हुन्। एक महिना अघि बजारमा आएका यि तिन स्मार्टफोनहरुमा कुन छान्ने ? कुन उत्कृष्ट होला ? यसबारेमा फिचरको तुलना गर्दै यसरी लेखेका छौ।