स्मार्ट फोन सुरक्षित गर्ने उपाय

स्मार्ट फोन अहिले सबैको रोजाइ बनेको छ ।  एन्ड्रोइड मोबाइल फोनको सस्तो मूल्यका कारण आम प्रयोगकर्तामाझ स्मार्ट फोन लोकप्रिय बनेको हो ।  अन्य स्मार्ट फोनको तुलनामा एन्ड्रोइड मोबाइल फोन सुरक्षित मानिन्छ तर पनि एन्ड्रोइडमा डाटा चुहिने (लिक हुने) सम्भावना भने त्यतिकै प्रबल छ ।  प्रस्तुत छ एन्ड्रोइड मोबाइल फोन सुरक्षित गर्ने उपाय (टिप्स):

१) स्क्रिन लकको सुरक्षा
मोबाइल फोन सुरक्षित गर्न सर्वप्रथम सुरक्षित पासवर्ड राख्नु अत्यन्त जरुरी छ ।  धेरैजसो प्रयोगकर्ताले पासवर्डमा १२३४ अथवा ०००० जस्ता सहजै अनुमान गर्न सकिने पासवर्ड राख्ने गरेको पाइन्छ ।  अहिले बजारमा आएका स्मार्ट फोनमा फिङ्गर प्रिन्ट स्क्यानर फिचर रहनेभएकाले यो फिचर प्रयोग गरेर आफ्नो स्मार्ट फोनलाई अझ सुरक्षित बनाउन सकिन्छ ।
२) फेस लक
अहिलेका मोबाइल फोनमा लोकप्रिय र सुरक्षित फिचरमध्ये फेस लक पनि एउटा हो ।  यदि मोबाइलमा यो फिचर छैन भने पनि चिन्ता नगर्दा हुन्छ ।  गुगल प्ले स्टोरबाट फेस लक एप डाउनलोड गरेर आफ्नो स्मार्ट फोनलाई सुरक्षित गर्न सकिन्छ ।  यो फिचर प्रयोग गरेमा स्मार्ट फोन अरूले खोल्नै सक्दैनन् ।
३) प्ले स्टोरबाट मात्र एप डाउनलोड
कतिपय एन्ड्रोइड एप गुगलको आधिकारिक एप स्टोर ‘प्ले स्टोर’ मा नपाइन सक्छन् ।  प्रयोगकर्ताले अन्य वेबसाइट, ‘थर्ड पार्टी’ बाट एप डाउनलोड गर्ने गरेको पाइन्छ ।  यसरी अन्य स्थानबाट एप डाउनलोड गर्दा स्मार्ट फोन खतरामा पर्नसक्छ ।  यसरी ‘थर्ड पार्टी’ बाट डाउनलोड भएका एपमा मालवेयर, ट्रोजन वा कि लगरहरू तपाईंको मोबाइलमा प्रवेश गरेर व्यक्तिगत जानकारी चोर्न सक्छन् ।  त्यसैले यस्तो जोखिमबाट बच्न मोबाइलको क्भततष्लनक श्र क्भअगचष्तथ श्र ग्लपलयधल कयगचअभक मा गएर अनचेक गर्नुहोस् ।
४) बिर्सेर पनि मोबाइलमा पासवर्ड सेभ नगर्नु
मोबाइलमा हामी प्रायः बैङ्कका, याहू वा जिमेल जस्ता विभिन्न एकाउन्टका पासवर्ड सेभ गर्ने गछौँ ।  आफ्नै मोबाइल र आफैँलेमात्र चलाउने त हो भनेर त्यस्ता सबै एकाउन्ट चलाउनेबेलामा पटक पटक पासवर्ड हानिरहनु पर्ने झञ्झटबाट मुक्त हुन ती सबै पासवर्ड सेभ गरिरहेका हुन्छौ ।  यसरी मोबाइलमा पासवर्ड सेभ गर्दा मोबाइल ब्राउजर र एपमा समस्या आएमा वा ह्याकरले त्यो एप वा साइट आफ्नो नियन्त्रणमा लिएमा तपाईंको सबै पासवर्ड चोरिन सक्छ ।  त्यसैले मोबाइलमा पासवर्ड सेभ नगरेकै राम्रो ।
५) मोबाइल फोनमा एन्टीभाइरस राख्ने
कम्प्युटरमा जस्तै मोबाइलमा पनि भाइरसलगायतका सम्भावित हमलाबाट बच्नका लागि एन्टीभाइरस राख्न सकिन्छ ।  गुगल प्ले स्टोरमा निःशुल्क वा सशुल्क दर्जनाँै मोबाइल एन्टीभाइरस पाउन सकिन्छ ।  यस्ता मोबाइल एन्टीभाइरसले मोबाइल फोनलाई थप सुरक्षित बनाउन सहयोग गर्छन् ।
– अजय शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here