सुदूरपश्चिमाञ्चलमै पहिलो पटक क्यान इन्फोटेक मेला आयोजना हुदै

क्यान महासंघले यस वर्ष  कैलालीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । कैलालीस्थित धनगढीमा असोज १४ देखि १८ गतेसम्म बृहत् सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना हुने  भएकाे छ ।

can infotech sep 2016

कैलालीमा हुने इन्फोटेक सुदूरपश्चिमाञ्चलमै पहिलो बृहत् सूचना प्रविधि मेला हो । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा सहयोग पुऱ्याउने उद्धेश्यले यस्तो मेला आयोजना गर्न लागिएको क्यान महासंघका केन्द्रिय सदस्य तथाक्यान इन्फोटेक कैलालीका संयाेजक  टेक राज पनेरूले बताए ।