सामाजिक संजाल कम्पनी फेसबुक माथि मुद्दा

सामाजिक संजाल कम्पनी फेसबुक विरुद्ध क्यालीफोर्नियाको एक अदालतमा मुद्दा दायर भएको छ। प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको जनाइएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्‍याएका कारण उक्त मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

फेसबुकले प्रयोगकर्ताको लाइक्सको डाटा जम्मा पारेर प्रयोगकर्तालाई एड्भर्टाइजमेन्ट पठाउने गरेको र यस प्रक्रियालाई कम्पनीले बन्द गर्नु पर्ने अदालतले निर्देशन दिएको समाचार माध्यमले जनाएका छन्।