नेपाली समुदायलाई साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण

अक्टोबर ६, ७ व्हिसकन्सिन, अमेरिका – एनआरएन व्हिसकन्सिन च्यापटरका अध्यक्ष बुद्दी सुबेदीको प्रयासमा मिलवक्की र व्हिसकन्सिनमा बस्ने नेपाली समुदायको बृहत हितको लागि साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रयोगात्मक प्रशिक्षणको आयोजना गरियो। करिब ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली परिवारका सदस्यहरुको सहभागिता रहेको थियो। साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक साईबर बिज्ञ प्रोफेसर डा रामहरि सुबेदीद्वार सहभागिहरुलाई तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागि जनाउनको लागि आयोवा राज्य देखि सफल ब्याबसायी कम्युटर ईन्जिनियर राधेश पण्डित ज्युको पनि उपस्थिती रहेको थियो। यो कार्यक्रमलाई सबै क्षेत्रमा लैजान सकेमा अत्यन्तै लाभदायी हुने भन्दै ईन्जिनियर ब्याबसायी राधेश पण्डित ज्युले चितवनको भरतपुर वरपर संञ्चालित सबै क्यापसहरुमा कार्यक्रम गर्नको लागि पाँचसय डलर सहयोग स्वरुप प्रदान गर्नु भयो। त्यस्तै गरि अध्यक्ष बुद्दी सुबेदीले चितवनको माडी छेत्रमा संञ्चालित सबै स्कुल र क्याम्पसका बिधार्थीहरुबिच कार्यक्रम संञ्चालन गर्ने प्रण गर्नु भएको थियो। अन्य सहभागिहरुले पनि नेपालको आ-आफ्नो स्कुलमा कार्यक्रम लैजानको लागि प्रयास गरिने बताउनु भयो ।

कार्यक्रम कम्प्युटर, फोन, ईन्टरनेट, वाईफाई, सामाजिक संञ्जालमा अपराध कसरि घटछ र यस्को नियन्त्रण कसरि गर्ने भन्ने बिषयमा केन्द्रीत रहेको थियो। अन्तमा सहभागिहरुले कार्यक्रमको बारेमा आ-आफ्नो प्रतिकृया ब्यक्त गरेका थिए।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here