विश्वकै छैटौँ धनी व्यक्तिमा फेसबुक संस्थापक जुकरबर्ग

काठमाडौं ।

मार्क जुकरबर्ग फेसबुकका सिइओ तथा संस्थापक, विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा पुगेका छन् । जुकरबर्ग ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित  विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।

उनको सम्पत्ति पछिल्लो एक वर्षमा ११ अर्ब २० करोड डलरले बढेको छ । विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् । यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै छन् ।

जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ भएको थियो जुकरबर्ग दम्पतिलाई, त्यसै उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।

विश्वका टपटेन अर्वपतिको सूचिमा रहेका ब्यक्तिहरुको केही झलक

१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका

२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन

३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका

४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको

५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका

६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका

७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका

८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका

९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका

१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका