विना कार्ड सहकारीका सदस्यका लागि एटिएम सुविधा, अच्यूत सापकोटा

काठमाण्डौं – अव सहकारीका सदस्यहरुले कार्ड विनानै एटिएम सुविधा पाउने भएका छन् । पिओर सफ्टवयर प्राली(अर्थ)संगको सहकार्यमा सहकारी सफ्टवयर अक्सपानले वजारमा ल्याउन लागेको “विना कार्ड एटिएम वाट रकम भुक्तानी” स्किम नेपालमै पहिलो भएको अक्सपान सहकारी सफ्टवयरका प्रवन्ध निर्देशक अच्यूत सापकोटाले वताए । उनले भने “यो सेवा नेपालमा कुनै वैंक तथा वित्तिय संस्थाले गरेको छैन । हामीले पहिलो पटक सहकारी मार्फत सेवा दिन लागिरहेका छौं ”। यो सेवा सुरु भएपछि अव सहकारीका सदस्यहरुले पनि वैंक तथा अन्य वित्तिय संस्था सरह वैंकिङ सेवा लिन पाउने भएका हुन् । यो सेवाका लागि कम्पनीले लक्ष्मी वैंकसंग सम्झौता पनि गरीसकेको सापकोटाले जानकारी दिए ।

ATM Card for cooperative

सहकारीका सदस्यले आफ्नो संस्थामा भएको वचत रकम नेपालका कुनै पनि जिल्लावाट आवश्यकता अनुरुप एटिएम वा चेक विनानै सहज तरिकाले निकाल्न सक्नेछन । सहकारी संस्थाले लक्ष्मी वैंकमा खाता खोलीसकेपछी लक्ष्मी वैंकको शाखा रहेको कुनै पनि स्थानवाट सहजै आफ्नो खातावाट रकम झिक्न पाउने व्यवस्था मिलाएको छ उनले भने यसका लागि सदस्यले कुनैपनि चेक तथा एटिएम कार्ड प्रयोग गरीरहनु पर्ने छैन । रकम झिक्न सदस्यले आफ्नो सहकारी मार्फत प्राप्त गरेको पिन कोड र मोवाइल नम्वर प्रयोग गरी यो सुविधा प्राप्त गर्न सक्ने छन् । अक्सपान सफ्टवयर प्रयोगकर्ता सहकारीले अव चाँडैनै आफ्ना सदस्यहरुका लागि सेवा संचालन गर्न सक्ने पनि उनले वताए । साथै अक्सपान सफ्टवयर प्रयोगकर्ता सहकारीले मोवाइल वैंकिङ,रिचार्ज सर्भिस र एसएमएस सर्भिस पनि लिन सक्ने उनले भने ।