लागू औषध बिरुद्धको बिद्यालयस्तरीय १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि.मा सम्पन्न

बिद्यालयस्तरीय १ दिने लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेनामुलक कार्यक्रम प्रभात माध्यमिक बिद्यालय महादेवस्थान थानकोटमा सम्पन्न भएको छ । आइसिटी पत्रकार विकास मञ्चको आयोजनामा सञ्चालन भएको कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाडौंको सहयोगमा भएको हो ।

prabhattt
कार्यक्रममा माध्यमिक तहका १२५ भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई लागू औषध तथा दुव्र्यसनी के हो यसको कुलतमा पर्दा घर परिवार र समाजमा कसरी अपहेलित हुनुपर्दछ र आफ्नो जिन्दगी नै आफैंलाई कसरी बोझ हुन्छ भन्ने कुराको साथै यसको लतबाट छुटकारा कसरी पाउन सकिन्छ भन्ने बारेका चेतना बृत्त चित्रमार्फत दिइएको थियो । साथै लागू औषध बारेको छोटो प्रशिक्षण समेत बिद्यार्थीहरुलाई दिइएको थियो ।
लागू पदार्थ दुव्र्यसनी बिरुद्धको बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रममा सञ्चारकर्मी तथा समाजसेवी महेश जङ कुवर सभापति, उपेन्द्र कुमार रावत, ने.क.पा(माओवादी केन्द्र)का केन्द्रीय आयोजक समिति सदस्य तथा .एडु कियर नेपालका अध्यक्ष प्रमुख अतिथि,विशिष्ट अतिथि महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कृष्ण पंगेनी, गोबिन्द प्रसाद रुपाखेति प्रधानाध्यापक प्रभात मा बि अतिथिहरु चन्द्रागिरी नगरपालिका जनमोर्चाका संयोजक, गणेश बहादुर कुवर लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।officer

stdggt police-dsp rawat