‘म्याथपिक्स’ नामक एप सार्वजनिक !

‘म्याथपिक्स’ नामक गणितको प्रश्न हल गर्ने नयाँ एप सार्वजनिक भएको छ। उक्त एपले गणितका प्रश्नको उत्तर सजिलै दिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। यस एपले लेखिएको प्रश्नलाई स्क्यान गरेर उत्तर दिनेछ।

‘म्याथपिक्स’ नामक एपले फोनको क्यामराको प्रयोग गर्छ भने यसका उत्तरका लागि इन्टरनेटको जरुरत पर्छ। हाल यसकाे आईओएस प्लेटफर्ममा परीक्षण भइरहेको र छिट्टै सबै प्रयाेगकर्ताका लागि उपलब्ध हुने जनाइएकाे छ।