मोबाइलबाट इन्टरनेट चलाउन महंगो भयो

विनोद विष्ट, काठमाडौं

म काठमाडौंं आएदेखि मोबाइलबाट इन्टरनेट चलाउछु। आजभन्दा पाँचवर्ष पहिले एकसय रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा पाँच दिनसम्म इन्टरनेट चलाउन र फोन गर्न पुग्थ्यो। तर आजभोली एक सय रुपैयाँ हाल्दा १५ मिनेट पनि पुग्दैन। मैले मोबाइलबाट फेसबुक चलाउने र समाचार पढ्ने गर्छु। टेलिकम कम्पनीहरुले भनेजस्तो ब्याकग्राउन्ड रेष्टिकेट गर्छु तर पनि इन्टरनेट खोल्यो पैसा स्वाहा हुन्छ।

पहिलेभन्दा इन्टरनेटको गति त बढेको छ तर हामीजस्तो आफै कमाउनेको हालत यस्तो छ भने अरुको अवस्था कस्तो होला? इन्टरनेटको गति बढेर केही हुन्न मूल्य पनि सस्तो हुनुपर्छ। म एनसेल र एनटिसी दुबैका सिम चलाउछु तर दुबैको मूल्य उस्तै छ। छोइसाध्य छैन। त्यसैले मैले आजभोली अफिस टाइमबाहेक सामान्यतया इन्टरनेट चलाउन छाडेको छु।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here