माइक्रोसफ्टले २६.२ अर्ब डलरमा किन्यो लिङ्‍क्ड्इन

विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । कम्पनीले यसलाई २६.२ अर्ब डलरमा खरिद गर्ने भएको हो। खरिद सम्झौतामा सोमबार हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ। उक्त सम्झौता यस वर्षदेखि नै कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। यी दुई कम्पनी जोडिए पनि माइक्रोसफ्टले सफ्टवेयर टुलको निर्माण गर्ने छ भने लिंक्डइन सामाजिक संजाल तर्फ नै केन्द्रीत हुनेछ।

यस सम्झौताले प्रोफशनल क्लाउड र प्रोफेशनल नेटर्वकलाई एकसाथ जोड्ने कम्पनीका सिइओ सत्य नडेलाले बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।लिंक्डइनका विश्वभर ४ अर्ब ३ करोड ३० लाख प्रयोगकर्ता छन्। माइक्रोसफ्टले लिंक्डइनको प्रत्येक शेयरको लागि १ सय ९६ डलर भुक्तान गर्ने जनाइएको छ।