माइक्रोसफ्टले ल्यायो अन्डरवाटर डाटा सेन्टर

माइक्रोसफ्टले आफ्नो प्रथम ‘अन्डरवाटर डाटा सेन्टर’ (Underwater Data Center) परीक्षण गरिरहेको छ। कम्पनीले यसलाई ‘प्रोजेक्ट नाटिक’ (Project Natick) नाम दिएको छ। कम्पनीले ‘लियोना फिलपट’ (Leona Philpot) नाम दिइएको डाटा सेन्टरको यस नमुनालाई अमेरिकाको पश्चिमतटीय सागरको १ कि.मि गहिराइमा राख्ने जनाएको छ।

विश्वको करिब आधा जनसङ्ख्या पानीको नजिक बस्ने भएका कारण उनीहरुसँग सजिलै पहुँचमा हनुे र स्पीड पनि बढी हुने भएका कारण अन्डरवाटर डाटा सेन्टर फाइदाजन हुने जनाइएको छ।डाटा सेन्टरले विश्वको करिब ३ प्रतिशत विद्युत् खपत गर्ने सोधकर्ताले जनाएका छन्। यसमा कुनै पनि डाटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिनेछ।

यसले डाटा सेन्टरलाई बढी तातो हुन बाट जोगाउनुका साथै वातावरणीय दृष्टिकोणले पनि यसलाई राम्रो मानिएको छ।