महावीर पुनलाई सरकारले डेढ करोड अनुदान दिने

जेष्ठ १८, २०७४-

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् ।

सुचना प्रविधिको क्षेत्रमा कार्यरत पुनको आविष्कार केन्द्रलाई दिने भनिएको डेढ करोड रुपैयाँ अर्को महत्वपूर्ण निर्णय भएको मन्त्री जोशीले बताए । ‘पुनले पाएका मेडल बिक्री गर्नुपरेको खबर पत्रपत्रिकामा पढियो,’ मन्त्री जोशीले भने, ‘म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डाक्टर पुनको आविश्कार केन्द्रसँग पनि उद्योग मन्त्रालयले सहकार्य गर्ने गरी रकम दिने घोषणा गरेका हौ ।’ नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने गरी उक्त रकम दिने भएको जोशीले बताए ।

‘यो रकम वितरणपछि वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको व्यवसायीक उत्पादन संभब छ/छैन एकीन गर्ने,’ उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत मन्त्रालयले प्रवद्र्धन गर्ने छ ।’

आविष्कार केन्द्रको क्षमता विस्तारलाई ध्यानमा राखी १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइने भएको उनले बताए । ‘पुनको आविष्कार केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा थप टेवा पुर्‍याउने कुरामा हामी विश्वस्त छौ,’ जोशीले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here