बुढाबुढी र ट्रेकिङका लागि स्मार्ट लठ्ठी हुवाहे

काठमाडौं ।

बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। ‘फ्रिडम २५१’ नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ।

तर यस फोनको फिचर्सको मुल्य १५ गुण महंगो छ। फोन बिक्रीको लागि अनलाइनमा एडभान्स सहित बुकिङ खुल्ला गरिएको थियो। कम्पनीको अनलाइन भिजिट गर्नेको अधिक संख्याका कारण वेभसाइट क्रास भएको थियो। ग्राहकले जुन सम्म फोन पाउने कम्पनीले जनाएको छ।

मोदी सरकारको महत्वकांक्षी ‘मेक इन इन्डिया’ योजना अनुसार फोन भारतमा नै बनाइने कम्पनीका संस्थापक मोहिल गिलले जनाए। फ्रिडम २५१ को भाजपा वरिष्ठ नेता मुरली मनोहर जोशीले लन्च गरेका थिए।कम्पनीलाई सरकारले सब्सिडी दिएको हुन सक्ने अनुमान गरिए पनि कम्पनीले त्यसलाई खारेज गरेको छ। उसले भनेको छ, ‘ठूलो परिणाममा गरिने उत्पादनले कम मुल्यलाई बरावर गरिदिन्छ।’ तर विशेषज्ञहरु उसको भनाइप्रती सहमत छैनन्।

फोनको सामानको लागतनै कम्पनीले तोकेको मुल्यको आठ गुणा भन्दा बढिरहेको भारत सरकारको सस्तो ट्यावलेट आकाश आपूर्ती गर्ने कम्पनी डाटाविंडका सीइओ सुनीत सिंह तुली बताउँछन्।

चिनियाँ कम्पनी हुवाहे (स्मार्टफोन निर्माता हुवावे हैन्) ले बनाएको यो स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि छ । जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ ।

smart-cane-3

त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन सक्छन् ।

वास्तवमा यो स्मार्ट लठ्ठी बुढाबुढीका लागि समेत सहयोगी हुन्छ । किनकी यसमा आफू जानुपर्ने ठाउँको नक्सा पहिले नै सेट गरिसकेपछि बाटोमा हिँड्दा यसले बाटो पहिल्याइदिने र गलत बाटोमा गएमा सूचना दिने गर्छ ।

smart-cane-2

मोबाइल एपबाट नियन्त्रण हुने यो लठ्ठीमा स्पिकर र माइक्रोफोनको पनि ब्यबस्था गरिएको छ जहाँबाट प्रयोगकर्ताले सिधै फोनमा कुराकानी पनि गर्न सक्छन् ।

यो स्मार्ट लठ्ठीको मूल्य ५५ अमेरिकी डलर अर्थात करिव ६ हजार रूपैयाँ पर्छ । अलिबाबा, अमेजन लगायतका अनलाइनबाट पनि यो लठ्ठी किन्न सकिन्छ ।