नेप्सेद्वारा गोरखाको विद्यालयलाई कम्युटर सहयोग

काठमाडौं, चैत। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले गोरखा केराबारी–४ स्थित जीवन निमाविलाई तीन थान कम्युटर सहयोग गरेको छ । उक्त अवसरमा सञ्चालक समितिका अध्यक्ष रामजी रेग्मीले त्यही विद्यालयका सञ्चालक समितिका अध्यक्ष सन्तबहादुर गुरुङलाई तीन थान कम्प्युटर हस्तान्तरण गरीयो। उक्त सहयोग बाट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सूचना प्रविधिसँग जोडिन मद्दत मिल्ने बताए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले यस वर्ष नेप्सेले गत वैशाख १२ को भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित रहेर संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए र अबका दिनमा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए।