नेपालको बैकिङ क्षेत्रको सुरक्षा अबस्थाबारे चेतना र ज्ञानमुलक कार्यक्रम हुने

साइवर अपराध र नेपालको बैकिङ क्षेत्रको सुरक्षा अबस्थाबारे चेतना र ज्ञानमुलक कार्यक्रम हुने

-भरतराज उप्रेती

पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको स्वीफ्ट ह्याकिङ घटनाले अब नेपालको बित्तिय तथा बैकिङ क्षेत्र साइवर आक्रमणको निशानामा रहेको पुष्टि गरेको छ । यसरी नेपाल साइवर थ्रेटको उच्च जोखिममा रहेको बेला बेलैमा जोखिम बहन गर्न सक्ने प्राविधिक प्रणालीको विकास गर्न आवश्यक छ । यस कुरालाई मनन गरेर नेपालको साइवर सुरक्षा क्षेत्रमा काम गर्दै आएको संस्था इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम (इन्फोसेक) नेपालले साइवर अपराध र नेपालको बैकिङ क्षेत्रमा बढेको साइवर सुरक्षा विषयलाई सरोकारवालासम्म पुर्याउने वहसको रुपमा पहिलो कार्यक्रम सञ्चालन गर्न लागेको छ । साथै साइवर सुरक्षाको गहन विषयको उठान मात्र नगरी तत्काल जोखिम बहनका लागि कसरी अग्रसरता लिने भन्ने कुरालाई समेत विज्ञहरुको साथमा छलफल गराउने कार्यक्रमको रुपमा १८ नोभेम्बर २०१७ अर्थात २०७४ मंसीर २ गते तपशील बमोजिम कार्यक्रम सञ्चालन गर्ने इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए । कार्यक्रममा नेपालको बैकिङ क्षेत्र साइवर थ्रेटको अवस्था बारेमा  ३ जना विज्ञहरुले  रिपोर्ट प्रस्तुत गर्ने छन् ।

  • किन कम्प्यान्स पर्याप्त छैन भन्ने विषयमा डा. प्रमोद पराजुली
  • यसकारण नेपालमा बाणिज्य बैंकहरु साइवर थ्रेटको उच्च जोखिममा छन् भन्ने बारे इन्फोसेकका चिरञ्जिवी अधिकारी
  • साइवर अपराध र नेपालको बैकिङ क्षेत्र बारे श्रीदीप रायमाझी

कार्यक्रम २ बजेदेखि ५ बजेसम्म सञलन हुनेछ । कार्यक्रम मध्य बानेश्वर पिपलबोटसँगै डायनिङ पार्क रेष्टुरेण्टमा २ बजेदेखि ५ बजेसम्म सञलन हुनेछ । कार्यक्रमा सहभागीताका लागि इन्फोसेकका सदस्यलाई रु १ हजार र अन्यलाई रु २ हजार प्रवेश शुल्क लाग्ने इन्फोसेक नेपालले जनाएको छ ।

For more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here