इन्फोटेक सम्पन्न, ३ लाख १० हजार ९८ जनाद्वारा इन्फोटेक अवलोकन

२३ औं संस्करणको सुबिसु क्यान इन्फोटेक सम्पन्न,  ३ लाख १० हजार ९८ जनाद्वारा इन्फोटेक अवलोकन

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ १३ गते माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले समुद्धघाटन गर्नुभएको थियो । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।

प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकर्ताहरुको उत्तिकै उत्साह र सहभागिता रह्यो । आज मात्रै ५५ हजार ७ सय १३ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका छन ।
यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पायौ । यसले आम नेपालीमा सूचना प्रविधिको पंहुच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने छ भन्ने कुरामा हामी आशावादी छौ । यस पटकको प्रदर्शनीमा माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव डा. सोमलाल सुवेदी, माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यू, , माननीय जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीज्यू, माननीय सभासद उदय शमशेर राणाज्यू, माननीय उद्योग मन्त्री नविन्द्रराज जोशी, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ज्यू, सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मीश्र, कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, दिपकराज गिरी, दिपाश्री निरौला, अनपविक्रम शाही, आयुष देशराज श्रेष्ठ जोशी, राष्ट्रिय जुडो खेलाडी फुपु ल्हामु खत्रीलगायतले इन्फोटेकको अवलोकन गर्नुभयो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ ।
ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो ठम्याई छ ।

२३औं संस्करणको ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।
इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वनजनिक गरे । सामसुङ, हुवावे, ओप्पो, जोप्पो, लेनोभो, माइक्रोम्याक्स आदि ब्राण्डले नेपाली उपभोक्तालाई लक्षित गरी निर्माण गरिएको मोबाइल सार्वजनिक एवं प्रदर्शनी गरेका थिए । त्यस्तैगरी आइएसपीहरु सुबिसु, वेबसर्फर, भायनेटका ब्रोडब्यान्ड इन्टरनेट र डिजिटल टिभीमा विशेष अफर राखिएको थियो । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ । प्रदर्शनीमा सहभागी कम्पनीहरुले इन्फोटेक अवधिभर आफ्ना वस्तु र सेवामा विशेष छुट र उपहार योजना ल्याएका थिए । त्यसैगरी नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा विशेष उपस्थिति रहेको थियो ।
क्यान ईन्फोटेकको यस २३ औं संस्करणको शिर्ष प्रायोजन सुबिसु केबलनेट, एशोसिएट स्पोन्सर सामसुङ, प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– खल्ती रहेका थिए ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए ।
साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ (आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।
अन्त्यमा, क्यान ईन्फोटेकको २३ संस्करणसम्म आईपुग्दा हामीले थुप्रै सल्लाह, सुझाव र प्रतिक्रियाहरु दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here