नारी दिवसको अवसरमा टेलिकमको डाटा प्याकेज

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गर्ने घोषण गरेको छ। भोलीदेखि लागू भएर तीन महिनासम्म चल्ने फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज टेलिकमले घोषणा गरेको छ।

जसमा टेलिकमका ग्राहकहरुले २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी एकसय एमबी डाटा चलाउन पाउनेछन्।

डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ । नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here