नयाँ ग्याजेट: स्मार्टफोन ग्यालेक्सी एस ७ र एस ७ एज सार्वजनिक, के छन् नयाँ पाँच विशेषता

Author: Ajay Sharma

सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मोबाइलको नयाँ फिचरसहितको स्मार्टफोन सार्वजनिक गरेको छ ।  त्यसमा पाँचवटा नयाँ फिचर समावेश गरिएको छ ।  ग्यालेक्सी एस ७ मा ५.१ र ग्यालेक्सी एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ ।  त्यस्तै ¥यामलाई एक जीवी बढाएर ४ जीवी बनाएको छ ।  यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.१ मार्समाल्लोमा विकास गरिएको छ ।  यस्ता छन् ५ नयाँ फिचर:

१.    ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मा माइक्रोएसडी कार्ड लाग्छ ।  यसले २०० गिगाबाइट (जीवी) सम्मको स्टोरेज गर्न मिल्छ ।
२.    यि दुई मोबाइल सेटमा ब्याट्री क्षमता पनि पहिलेको भन्दा बढी छ ।  एकपटक पूरै चार्ज गरेपछि एस ७ एजमा १५ घण्टासम्म हाई डिफिनिसन भिडियो हेर्न सकिन्छ ।  ब्याट्रीको क्षमता पहिलाको सिरिजभन्दा बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच रहेको छ ।
३.    अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो ।  यसबाट आइपी ६८ वाटर रजिस्टेड रेटिङसमेत मिल्छ ।  यसको अर्थ हो आधा घण्टासम्म पानीका डुबे पनि यो सेटलाई फरक पर्दैन ।
४.    यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधासमेत छ ।  यसले स्क्रिन नखोलिकनै समय र नोटिफिकेसनका बारेमा जानकारी दिन्छ ।
५.    यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ ।  गेम खेल्नेहरू र फोटोग्राफी गर्नेहरूले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यी दुवै मोबाइल दुई रङ्गमा उपलब्ध हुनेछन् ।  यी दुबै स्मार्टफोन ११ मार्चदेखि बजारमा आउने कम्पनीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here