टचकनका नया स्मार्टफोन, ट्याब्लेट र पावर बैंक बजारमा

काठमाडौं । 

दुबइको ब्राण्डको रुपमा स्थापित टचकनले नेपालमा एक दर्जनबढि मोडलका स्मार्टफोनहरु बिक्री गरिरहेको छ । लेजर इन्फोटेक मार्फत विगत २ वर्षदेखि नेपाली बजारमा उपलब्ध टचकनले हालसालै एक उच्च कन्फ्युगिरेशनको स्मार्टफोन, पातलो ट्याब्लेट र उच्च क्षमताको पावर ब्यांक बजारमा ल्याएको छ ।

एम ८०० आइ मोडलको टचकनको स्मार्टफोन अहिलेसम्मकै उच्चस्तरिय मानिएको छ । यो पातलो, आकर्षक र अक्टाकोर प्रोसेसरद्धारा सुस्वजित रहेको छ । यसको बजारमुल्य २८ हजार रहेको छ ।

त्यसैगरी टी ७०७ मोडलको ट्याब्लेट पिसी पनि बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ । यसमा एन्ड्रोइड ४.४.२ भर्सनको किट्क्याट अपरेटिङ सिस्टम रहेको छ । यसमा ७ इन्चको आइपिएस ओजिएस क्यापासिटिभ टचस्क्रिन रहेको छ भने अक्टाकोर १.३ गिगाहर्जको प्रोसेसर क्षमता छ । ट्याब्लेट पिसीमा यो उच्च प्रोसेसर क्षमता हो । १ जिबी र्याम र ८ जिबी रोमको स्टोरेज सुविधा रहेको यो् ट्याब्लेटमा २७०० एमएएचको व्याट्रि क्षमता पनि रहेको छ ।

२ मेगापिक्स फ्रन्ट क्यामरा रहेको छ, जसले सेल्फीप्रेमीहरुको पनि मन लोभ्याउने छ । रियर क्यामराको रुपमा ८ मेगापिक्सलको क्यामरा छ । यसमा ड्युल सिम सपोर्ट गर्दछ । यसको बजार मुल्य १४ हजार ३ सय रहेको छ ।

त्यसैगरी कम्पनीले १० हजार ४ सय एमएएच क्षमताको पोर्टेवल पावर ब्यांकपनि नेपाली बजारमा उपलब्ध गराएको छ । ीष्(इल क्लास ए ब्याट्री रहेको यसमा ५ भोल्टको एकवटा इनपुट र २ वटा आउटपुट रहेको छ । २३६ ग्राम तौलको यो पावर ब्यांकको बजार मुल्य  ३ हजार ४ सय रहेको छ ।