ग्राहक वर्गमा खुसीको खबर ! आइफोन-८ आउँदै

काठमाडौं– नयाँ र महँगो मोवाईल चलाउने रहर छ ? यदि छ भने केही समय कुर्नुहोस् । बजारमा आइफोन ८ आउँदैछ । एप्पलको अहिलेसम्मकै आमूल पुनर्संरचनासहितको स्मार्टफोनका रुपमा आउने भएको छ ।

एउटा विश्वस्त सूत्रले यसको सबैभन्दा ठूलो नयाँ विशेषता र सबैभन्दा पिडादायी कमजोरीको खुलासा गरेको छ ।विश्वकै ठूलो आर्थिक समाचारपत्र निक्केइका अनुसार एप्पलले २०१७ मा आइफोनका ३ बनावटहरु लञ्ज गर्नेछ ।

यसमध्ये दुइवटामा आइफोन ७ र आइफोन ७ प्लस (आइफोन ७ एस र आइफोन ७ एस प्लस ब्रान्डिङसहित) मा ‘आइक्वीन्क्रिमेन्टल अपडेट्स’ तथा ५.८ इन्चकबो ठूलो नयाँ ओएलइडी डिसप्लेसहितको आइफोन ८ रहने अनुमान छ ।

यसको अर्थ आइफोन ८ मा अहिलेसम्मका आइफोनमै सबैभन्दा ठूलो डिस्प्ले रहनेछ र यो हाल बजारमा रहेका आम स्मार्टफोनभन्दा उल्लेख्य रुपमा ठूलो (यद्यपि ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसले त्यसलाई परिवर्तन गर्नेछन) हुनेछ ।

आइफोन ८ धेरै ठूलो हुने भो भनेर चिन्ता लिनेहरुका लागि सुखद खबर के छ भने एप्पलले माथिल्लो र तल्लो भागहरुलाई छाँटेर यसलाई आइफोन ७ प्लसभन्दा सानो बनाउनेछ ।

निक्केइले दाबी गरेअनुसार पीडाको कुरा के छ भने आइफोन ८ एप्पलले अहिलेसम्म बजारमा ल्याएकोमध्येकै सबैभन्दा महंगो हुनेछ ।

एप्पलका प्रख्यात विश्लेषक मिङ(ची कुओले पनि यसको मूल्य एक हजार डलरभन्दा बढि रहने भविष्यवाणी गरेका थिए । कुओले यो पनि दावी गरेका छन् कि आइफोन ८ मा ५.८ इन्च डिस्प्ले रहनेछ तर ५.१५ इन्च मात्रै प्रयोग गर्न सकिनेछ ।

बाँकी स्पेस नयाँ म्याकबुक प्रो लाइनको टच बार जस्तै फङ्सन एरियाका रुपमा रहने छ, जुन प्रयोगकर्ताले के गरिरहेको छ भन्ने आधारमा समायोजन हुन्छ । यो कदमले एप्लाई होम बटम हटाउनका लागि बाटो खुल्ला हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here