के यस्तो हुनेछ सन् २०१५ को आइफोन ?

काठमाडौं ।  

आइफोन सिक्स केहि दिन पहिले लञ्च भइसकेको छ । यो आफ्नो अघिल्ला मोडलहरु भन्दा निकै स्लिम त छँदै छ यसका साथै यसमा ए8 चिपका साथै क्वाड कोर १.८ गिगाहर्ज क्वाड प्रोसेसर रहेको छ ।

साथ–साथै यसमा १० मेगापिक्सेलको मेन क्यामरा र टच आइडी जस्ता फिचर दिइएको छ तर अब एप्पलको अर्को आइफोन कस्तो प्रकारको होला ? यो बारेमा अहिलेदेखी नै चर्चा सुरु भइसकेको छ र पहिले जस्तै नयाँ कन्सेप्ट भएको इमेज अनलाईमा देखा पर्न थालिसकेका छन् ।

यस्तै केहि इमेज Giorgi Tedoradze ले बनाएको छ जुन सन् २०१५ को नयाँ आइफोनको विषयमा बनाइएको छ । यसलाई ‘आइफोन सिक्स एयर’ नाम दिइएको छ । कन्सेप्ट इमेजमा हेर्दा यो आइफोन सिक्सको तुलनामा पातलो मात्र नभई यसमा थुप्रै भिन्न प्रकारको फिचरहरु पनि उपलब्ध छन् ।  (एजेन्सी)