कालिकोटमा पहिलो पटक एटिएम सेवा संचालन

बिस्नप्रसाद न्यौपाने कालिकोट
 शानिमा बैक शाखा कालिकोटले जिल्लामा पहिलो पटक एटिएम सेवा संचालन गरेको छ । गत फागुन ६ गते चर्चित कलाकार हरिबंश आचार्यद्धारा उद्घाटन गरिएको शानिमा बैकको ४४ औ शाखाले आफ्नो शाखा संचालन भएको एक महिना नबित्दै एटिएम सेवा संचालन गरेको हो ।

शानिमा बैकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कालिकोट जिल्लामा पहिलो पटक एटिएम सेवा संचालन गरेको जानकारी दिएको छ । शाखाको पहिलो एटिएम सेवा लिने ग्राहक स्थानिय व्यपारी मनसरा न्यौपाने बरालले पहिलो पटक एटिएमद्धारा पैसा निकालेर एटिएम सेवाको उद्घाटन गरिएको छ । एटिएम सेवा उद्घाटन गर्न आयोजित कार्यक्रममा शाखा प्रबन्धक मनिसमान श्रेष्ठले शानिमा बैकको शाखा कालिकोटमा स्थापना गर्दा यहाँका कुनै पनि बैकहरुले एटिएम सेवा संचालन नगरेको भन्दै दिएको सुझावका कारण सेवाग्राहीहरुको चाहाना अनुसार तत्काल एटिएम सेवा संचालन गरिएको बताउनुभयो ।
उहाँले शानिमा बैकको शाखा कालिकोटमा स्थापना भएको एक महिना नबित्दै झण्डै २ सय ६४ जना सेवाग्राहीहरुले खाता संचालन गरिसकेको बताउदै जसमा एक सय जनाले एटिएम समेत प्राप्त गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, शानिमा बैकले सजिलै चोरी गर्न नसकिने, नयाँ प्रविधि तथा अति सुरक्षित चिप वेस भिजा डेविड कार्ड बितरण गरिएको बताउदै यसलाई राष्ट्र बैकले नै बढी मान्यता दिने बताउनुभयो ।
शानिमा बैकका सहायक प्रबन्धक रोहन बिष्टले बत्ति भए पनि नभएपनि २४ सै घण्टा एटिएम सेवा दिने गरी तयारी गरिएको बताउनुभयो । उहाँले बत्ति नभएको समयमा मेसिनलाई धान्नसक्ने गरी व्याटि व्यापकका साथै सोलार सिस्टमको पनि व्यवस्था गरिएकाले यसको प्रभावकारीता बढ्ने बताउनुभयो । उहाँले मेसिनमा कुनै खराबी आए तत्काल मर्मतका लागि पनि व्यवस्था भएकाले छिटो छरीतो सेवाका लागि सबै सेवाग्राहीहरुको आकर्षण हुने दाबी गर्नुभयो ।
स्थानिय व्यपारी मनसरा न्यौपाने बरालले कालिकोट जिल्लामै पहिलो पटक एटिएमद्धारा खातामा रहेको पैसा झिक्न पाँउदा निकै खुसी लागेको बताउनुभयो । उहाँले विगतका दिनहरुमा बैकमा चेक साट्नका लागि धेरै सेवाग्राहीहरुको लाईन कुर्नुपर्ने बाध्यता रहेको बताउदै अब चेक साट्नका लागि लाईन कुर्नुपर्ने समस्या समाधान भएको बताउनुभयो । मान्म बजारमा खुद्रा पसल संचालन गर्दै आउनुभएका मनसराले शानिमा बैकले एटिएम सेवा संचालनमा ल्याएर कालिकोटका व्यपारीहरुलाई बैकिंङ कारोवार गर्नका लागि ठुलो राहत भएको बताउनुभयो ।

Source: palpalkhabardotcom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here