कर नतिर्ने व्यवसायीको फेसबुक बन्द गरिने

हनोइ (भियतनाम) : भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्ने भएको छ । यसका लागि फेसबुकसँग सहकार्य गर्ने भियतनाम सरकारले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ । कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ । “हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं,” कर अधिकारीले सञ्चारकर्मीसँग बताए । हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् । रासस/ सिन्ह्वा

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here