राजकुमार गुरुङको अध्यक्षतामा ताप्लेजुङ क्यानहासंघ गठन

ताप्लेजुङ, भदौ १२ । राजकुमार गुरुङको अध्यक्षतामा नौ सदसिय जिल्ला कार्य समितिको चयन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ ताप्लेजुङको दास्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम फुङलिङमा भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा शिवलाल थापा, सचिवमा विष्णु कुमार हाङवाङ, सह सचिव मिना कुमारी आङवुहाङ र कोषाध्यक्षमा अरुण श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रिय सदस्य ठाकुर श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुने वताईएको छ । By welcomekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here