रुपन्देहीको आयोजनामा बक्तित्तो कला प्रतियोगिता हुने

काठमाडौं ।

कम्प्युटर एसोसिएशन नेपाल माहसंग  रुपन्देहीको आयोजनामा   उच्च माध्यमिक बिद्यालय स्तरिय बक्तित्तो कला प्रतियोगिता  आयोजना हुने  भएको छ ।

आगामी फाल्गुन  २६ गते बुटवलमा सो प्रतियोगिता  आयोगना गर्न लागिएको महासंगले जानकारी दिएको छ ।

जिल्ला भरिका अधिकतम उच्च मा.बि हरुलाई समेटेर कार्यक्रम सफल बनाउने उदेश्य क्यान माहसंग रुपन्देहीले लिएको  महासंघ जिल्ला अद्यक्ष  रोषन कंडेलले जानकारी दिनु भएको छ   ।

कम्प्युटर एसोसिएशन नेपाल माहसंग  रुपन्देही साखाको बिहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले  रुपन्देही जिल्ला भरिका उच्च मा.बि हरुलाई सहभागी गराएर बक्तित्तोकला प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको छ ।

आज को आधुनिक युगमा सूचना प्रबिधि  बिनाको सिक्षा सार्थक हुन नसक्ने कुरालाई मध्यनजर गर्दै बिधार्थी हरुका बिचमा “आधुनिक सिक्षाका लागि सुचना प्रबिधिको अपरिहार्यता” बिषयक बक्तित्तोकला प्रतियोगीता  आयोजना गर्न लागिएको र सो कार्यक्रमले बिद्यार्थी,अबिभाबक तथा स्कुल क्याम्पस मा अध्यापन गराउने अध्यापक तथा तिनका संचालक हरुमा समेत  सकारात्मक संदेश जाने निस्कर्ष सहित आइसिटि संग सम्बन्धित टपिक दिएर प्रतियोगिता आयोजना गर्न लागिएको  महासंग जिल्ला कार्यसमिति  सदस्य सुरेश चन्द्र भट्टराईले जानकारी दिनुभयो।